बिर बलाल मगरको नेतृत्वमा मगर संघ युके युएजएसबी शाखाको नयाँ कार्यसमिति गठन

SHARE:

फोटो: छबिमाया पुन – 

लन्डन १७ मार्च २०२५ । बिर बलाल मगरको नेतृत्वमा मगर संघ युके युनाइटेड हाम्सायर, सरे, वाक्सायर (युएजएसबी) शाखाको नयाँ कार्यसमिति गठन भएको जानकारी निर्वाचन समितिको प्रमुख तथा मगर संघ युकेका पुर्व अध्यक्ष मेजर कुल बहादुर थापा मगरले दिएका छन् । नयाँ कार्यसमितिको चयन आइतवार १६ मार्च २०२५ को दिन बेलायतको अल्डरसट स्थित प्यालेस रेष्टुरेन्टमा भएको छ।

नयाँ कार्यसमितिको अध्यक्षमा बिर बलाल, उपाध्यक्षमा गणेश बुराथोकी, महिला उपाध्यक्षमा नानु राना, सचिबमा पार्वती थापा, सहसचिबमा धन थापा, कोषाध्यक्षमा गोप सिङ्जाली, सहकोषाध्यक्षमा रोजिना थापा, सदस्यहरुमा डम्बर थापा, सीला थापा, गीता पाइजा, बबी पाईजा, दिपक राना, थम रोका, मंजु राना, चन्द्र पुन, सीता थापा, आशा पुन, मनोज पुन निर्वाचित भएका छन्।

त्यस्तै महिला कार्यसमितिको अध्यक्षमा नुनु राना, उपाध्यक्षमा पार्वती थापा, सचिबमा फुलमाया थापा, सहसचिबमा रजीना थापा, सदस्यहरुमा गोमाया थापा, बिष्णु थापा, कमला थापा, सुकु आले, बीना थापा, हेमा थापा, जुना थापा र श्याम कुमारी थापा निर्वाचित भएका छन्।

युथ कार्यसमितिको अध्यक्षमा बिपना थापा, सचिबमा मेरिन पाईजा, सहसचिबमा बिपस छन्त्याल, कोषाध्यक्षमा सुभानी राना, सहकोषाध्यक्षमा पुजन थापा, सांस्कृतिक सचिबमा प्रमिना थापा, मिडिया सचिबमा जस्मिन पुन, सदस्यहरुमा आरती थापा, अनिल थापा, अमृत राम्जाली, ललिता थापा, राजन घर्ति, बिमल घर्ति, सिरिया पुन, सगुन थजाली, कसम राना, अरुणा थापा, लिन्डा थापा, सुमन श्रीस, महेश थापा र देनिश रोका निर्वाचित भएका छन्।

मगर संघ युके युएजएसबी शाखाको अध्यक्ष ऋषिराम रानाले अध्यक्षता गरेको पहिलो चरणको कार्यक्रममा उपाध्यक्ष बिर बलाल र महिला उपाध्यक्ष धन रोकाले संयुक्तरुपमा स्वागत मन्तब्य दिएका थिए भने सचिब गणेश बुराथोकीले संचालन गरेका थिए। कार्यसमितिको संस्थागत प्रतिवेदन, आर्थिक प्रतिवेदन, महिला र युथको प्रतिवेदनहरु सर्वसम्मतद्वारा पारित भएको छ।

कार्यक्रममा प्रमुख अतिथि मगर संघ युकेका महासचिब गुमानसिङ थापा, मगर संघ युकेका ट्रष्टी तथा युएचएसबी शाखाका पुर्वअध्यक्ष क्याप्टेन ताम धेगा र मगर महिला संघ युकेका पुर्वअध्यक्ष तथा सल्लाहकार छबीमाया पुनले शुभकामना मन्तब्य राखेका थिए।

अध्यक्ष ऋषिराम रानाले कार्यसमिति, निर्वाचन मण्डल र उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै नयाँ कार्यसमितिलाई धन्यवाद दिएका छन्न भने नवनिर्वाचित अध्यक्ष बिर बलालले संस्थाको हित अनुरुप संस्थालाई अगाडी बढाउने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रमको अन्त्यमा नेपालबाट बेलायत भ्रमणमा आएका चर्चित लोक दोहोरि गायिका तथा कलाकार देबी आलेले उपस्थित दर्शकलाई मनोरंजन दिएका छन्।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!