ज्ञानेन्द्र पुन मगर प्रतिष्ठानको सदस्य सचिवमा नियुक्त

SHARE:

काठमाडौं ८ मे २०२५ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिवमा ज्ञानेन्द्र पुन मगर नियुक्त भएका छन् । प्रतिष्ठान सञ्चालक परिषदका सहअध्यक्ष एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा बिहीबार बसेको बैठकले गुल्मीको मालिका गाउँपालिका –१ का पुनलाई सो पदमा मनोनित गर्ने निर्णय गरेको हो ।

उनलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को दफा ७ को उपदफा १ (त) अनुसार चार वर्षे पदावधि कायम गरी मनोनित गरिएको हो । नवनियुक्त सदस्यसचिव नेपाल लोकतान्त्रिक महासंघका उपाध्यक्ष, नेपाल मगर संघका केन्द्रीय अध्यक्ष हुन् ।

त्यसैगरी आदिवासी जनजाति युवा महासंघका पूर्वकेन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । पुनले बिहीबार प्रतिष्ठान कार्यालयमा गई कार्यभार पनि सम्हालेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!