पुन मगर समाज युकेको भुमेपूजा भब्यरुपले सम्पन्न

SHARE:

सनिवार २८ जुन २०२५ – बेलायत। पुन मगर समाज युकेको भुमेपूजा मेला बेलायतको फार्नबोरोमा बिधिपुर्वक भूमिको पूजा गरेर भब्यरुपले सम्पन्न भएको छ।

भुमेपूजा मेलामा मेजन पुन मगरद्वारा सम्पादित “पुन मगर” भन्ने पुस्तक मेलाको प्रमुख अतिथि तथा मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) लगायत उपस्थित पाहुनाहरुले लोकार्पण गरेका छन्।

मेलामा नेपालवाट बेलायत आएका लोकप्रिय कलाकारहरु प्रेम विवस घर्ति मगर, अनुपा रोका मगर, रमिला बुढा मगर र गगन पुनले उपस्थित दर्शकहरुलाई भरपुर मनोरंजन दिएका छन्।

त्यस्तै स्थानीय कलाकारहरु गीता पाइजा, सोनिया पुन, मिलन थापा, आरुसी पुन, रोजी अधिकारी, जेनी चोचाङ्गी, अस्मिका पुन, हेमा पुन, टीका पुन, देवी पुन, स्मीता पुन, जस्लीन पुन, देजी पाइजा र अन्जना पुनले आ-आफ्नो नृत्य प्रस्तुत गरेका छन्।

भुमेपूजा मेलामा संस्थापक अध्यक्ष बिल पुर्जाको नेतृत्वमा पुन मगरहरुको पुर्ख्यौली नृत्य र धौलागिरी नौमती वाजाले आ-आफ्नो नृत्य तथा कला प्रस्तुत गरेका छन्।

पुन मगर समाज युकेले भूमेमेलामा नयाँ सदस्यहरुलाई स्वागत गरेका छन भने रोयल मिलिटरी एकाडेमीम स्याण्डहर्ष्टबाट कमिसन भएका लेफ्टेनेण्ट कमल पुन मगरलाई सम्मान गरेका छन्।

भुमेपूजामा मगर संघ युकेका अध्यक्ष तथा प्रमुख अतिथि लालु पुन मगर र निवर्तमान अध्यक्ष सिता पुन मगरले शुभकामना मन्तब्य दिएका छन्। भुमेपूजा कार्यक्रम सचिब तुल चन्द्र पुन मगरले संचालन गरेका छन् भने सांस्कृति कार्यक्रम सांस्कृतिक सचिब खिम पुनले संचालन गरेका छन्।

अध्यक्ष बल पुर्जाको अध्यक्षतामा सम्पन्न भुमेपूजाको प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष लालु पुन मगर थिए भने विशेष अतिथिमा बेलायतका लागि नेपाली दूतावासका तेस्रो सचिब झुपालाल पुन मगर थिए।

त्यस्तै अन्य अतिथिहरुमा तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, गोर्खा मिडियाका प्रवन्ध निर्देशक मिलन तमु, खामभाषी मगर समाज युकेका अध्यक्ष लिला पुन मगर, फोनिज युकेका अध्यक्ष बम सूर्यवंशी थापा मगर, मगर संघ युकेका संरक्षक घन थापा मगर, कृष्णा थापा मगर, मगर संघ युकेका पुर्व अध्यक्षहरु, कुल बहादुर थापा मगर, दुत पुन मगर, नेम थापा मगर, सुनिल राना मगर, निवर्तमान अध्यक्ष सीता पुर्जा पुन मगर, ट्रष्टी जमुना पुन, वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, उपाध्यक्ष गुमानसिङ थापा मगर, महासचिब गोमन पुन मगर, पुर्व उपाध्यक्ष अनिता राना, सुइन्दन शाखाका पुर्ब अध्यक्ष कुमार राना, बाग्लुङ समाज अध्यक्ष खड्ग थापा मगर, पुर्व अध्यक्ष छवि माया पुन, म्याग्दी जिल्लाको भुपु सांसद नर बहादुर पुन मगर, मगर संघ युके युएज एसबिसी शाखाका उपाध्यक्ष गणेश बुराथोकी, नेपाल मगर संघ म्याग्दीका संस्थापक अध्यक्ष मुक्ति रोका, मेजर राम पुन, पर्वत वेल्फर सोसाइटीका अध्यक्ष सुरज पौडेल र मगर संघ अमेरिकाका पुर्व अध्यक्ष क्याटेन दल बहादुर रोका मगरलगयत धेरैको उपस्थिति रहेको थियो।

भुमेपूजा मेलामा अध्यक्ष बल पुर्जा मगरले भुमेपूजाको जाँड बनाउने छामा समुह, पेय पदार्थ समुह, खानपिन समुह, प्रवेशद्वार कन्ट्रोल समुह, सांस्कृतिक समुह, पाहुना सत्कार समुह, धौलागिरी नौमती वाजा समुह, पुर्ख्यौली समुह, पुजाउरे समुह, कलाकारहरु, उपस्थित पाहुनाहरु र आर्थिक सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई धन्यवाद दिएका छन् भने सम्पूर्ण नयाँ सदस्यहरु र लेफ्टेनेण्ट कमल पुन मगरलाई हार्दिक बधाई भनेका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!