फोरम नेता राई भन्छन्– ‘७ प्रदेश अस्वीकार्य’

SHARE:

एटा संवाददाता
लन्डन । सङ्घीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोककुमार राईसँग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ नेता राईका शुभचिन्तक तथा पार्टीका कार्यकर्ताहरुको सक्रियतामा गत १३ अक्टोबरका दिन युकेको आसफोर्डमा विशिष्ट अन्तरक्रिया कार्यक्रम आयोजना भएको हो । ससफो नेपालअन्तर्गतको लिम्बुवान प्रदेश समितिका सदस्य लाहाङ चेम्जोङको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सङ्घीय समाजवादी महिला फोरम, नेपालकी ईन्जार्च सुशीला श्रेष्ठको मन्तव्यलगत्तै नेता राईले मन्तव्य राखे । त्यसपछि उपस्थितहरुले दुवैजनालाई सम्बन्धित एक दर्जनभन्दा बढी प्रश्नहरु राखेका थिए ।

प्रश्नको उत्तर दिनेक्रममा वरिष्ठ नेता राईले पार्टीको आधिकारिक धारणा १० प्लस १ राज्य हुनुपर्ने रहेको र अहिलेको ७ प्रदेश स्वीकार्य नभएको स्पष्ट पारे । पहिचानको आधारमा राज्य पुनर्संरचना नहुँदा नामाकरण गर्न र राजधानी तोक्न अप्ठयारो भएको बताए ।

त्यस्तैगरी संविधानतः आठौं प्रदेश निर्माण गर्न अवरोधको रुपमा रहेको धारा हटाउने सहमति भएकोले ससफो, नेपाल सरकारमा सामेल भएको खुलासा पनि गरे । चाँडै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्नेमा आफू आशावादी भएको पनि उनले बताए । लिम्वुवान प्रदेश समिति युकेका नेता तथा सङ्घीय नेपाली समाज युकेका निर्वतमान सहअध्यक्ष लोकेन्द्र तबेबुङको सभापतित्वमा सम्पन्न अन्तत्र्रिmयामा संघसंस्थाका प्रनिनिधि तथा सर्वसाधारण गरी झन्डै ४ दर्जनको संख्यामा उपस्थिति रहेको थियो । कार्यक्रमलाई विश्वास दीप तिगेलाले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!