लन्डन ०२ जुलाई २०२५ । आदिवासी जनजाति महासंघ (नेफिन) बेलायतले आइतवार ६ जुलाईको बेलुकी बेलायतको अल्डरसटस्थित एम्पायर हलमा डिनर नाइट गर्ने भएको छ । डिनर नाइट गर्नको मुख्य उद्धेश्य नेफिन यूकेको आर्थिक अवस्थालाई अलि मजबुद बनाउनु रहेको छ।
उक्त डिनर नाइटको प्रमुख अतिथिमा बेलयातका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलाई निमन्त्रणा दिइएको जानकारी नेफिन युकेका महासचिब फ्रम बहादुर दुराले जानकारी दिएका छन् ।
डिनर नाइटमा नेफिन युकेले बेलायतमा स्थापित बिभिन्न संघ- संस्थाहरु, नेपाली समुदायमा रहेका महासंघका शुभचिन्तकहरु, महासंघमा आबद्ध जातीय संस्थाहरु, विभिन्न व्यावसायिक संघ-संस्थाहरु, महासंघका सल्लाहकारहरु र कार्यसमितीका सदस्यहरुलाई स्वेच्छाले आर्थिक सहयोग गर्न महासंघका अध्यक्ष मेजर योगेश कोयी राईले अनुरोध गरेका छन् ।






