आइतवार ६ जुलाई २०२५ बेलायत। बृटिश गोर्खा वेल्फर सोसाइटी (बिजीडब्लूएस) को वार्षिक भेटघाटमा बेलायती सांसद आलेक्स बेकरको उपस्थिति रहेको छ। वार्षिक भेटघाट बेलायतको फार्नबोरोस्थित ग्रेन्ज स्कुलमा सम्पन्न भएको हो।
बिजीडब्लूएसको वार्षिक भेटघाट कार्यक्रममा सरिक सांसद बेकरले भूतपूर्व गोर्खाहरुको पेन्सन र अन्य समस्याहरुको दिगो समाधानको लागि स्थानीय निकाय, जी १०, नेपाली राजदूतावास, नेपाल सरकार र बृटिश संसदमा सहकार्य गरिरहेको अबगत गराएका छन्।
उक्त भेटघाट कार्यक्रममा बिजीडब्लूएसका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीले उपस्थित सांसद बेकर, काउन्सिलर आलेक्स क्रोफोर्ड, नेपालवाट आएका कलाकारहरुलाई स्वागत गर्दै गोर्खालीहरुको जल्दोबल्दो पेन्सनको इस्यू वारेमा अपडेट गराएका छन्।
वार्षिक भेटघाट कार्यक्रममा बिजीडब्लूएसका सदस्यहरु नारायण गुरुङ, तृष्णा गुरुङ, तोप पल्ली मगर, बिर बलाल मगर, मिलन तम।, नेपालवाट बेलायत आएका चलचित्र निर्देशक तथा नायक प्रितम गुरुङ, लोकप्रिय लोकदोहोरी गायक प्रेम विवस घर्ति मगर र गायिका अनुपा रोका मगरलाई अध्यक्ष देवान, सांसद बेकर र काउन्सिलर क्रोफोर्डले सम्मान गरेको छ।
वार्षिक भेटघाट कार्यक्रम बिजीडब्लूएसका प्रवक्ता प्रकाश गुरुङले संचालन गरेका छन् भने कलाकारहरु प्रेम विवस घर्ति मगर र अनुपा रोका मगरले आ-आफ्नो प्रस्तुति पस्केर भरपुर मनोरंजन दिएका छन्।







