मगर अगुवा तथा पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन

SHARE:

काठमाडौं ११ जुलाई २०२५ । मगर अगुवा तथा पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन भएको छ ।

राप्रपाका संस्थापक एवं वरिष्ठ नेतासमेत रहेका रोल्पाका लोकप्रिय नेता घर्तीमगरको शुक्रबार बिहान ललितपुरको बिएण्डबी हस्पिटलमा उपचारका क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । घर्तीमगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनाहार राष्ट्रवादी व्यक्तित्व गुमाएको उनले उल्लेख गरेका छन् ।

यस्तै नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगरले पनि पूर्वमन्त्री बालाराम घर्तीमगरको निधन भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका छन् । उनले लेखेका छन्,’मगर अगुवा तथा पूर्वमन्त्री बालाराम घर्तिमगरज्युको उपचारकै क्रममा B & B Hospital मा अहिले भर्खरै दुखद् निधन भएको खबर सुनेर स्तब्ध भएको छु, सम्भव हुनेहरु अहिले अस्पतालमै उपश्थित हुनुहोला ।’

बालाराम वि.स. १९९४ साउनमा तत्कालीन प्युठान जिल्ला बाइसखुवाथुमअन्तर्गत मिझिङ मौजाको उपल्लोथर हालको रोल्पा जिल्ला सुनिलस्मृति गाउँपालिकामा जन्मिएका थिए । पटकपटक मन्त्री, सांसद बन्दा झण्डै ३८ वर्ष त उनले सिंहरबारमै बिताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!