
काठमाडौं, १५ जुलाई २०२५ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले घुस प्रकरणमा मुछिएपछि मंगलबार पदबाट राजीनामा दिएका छन्।
घूस लिएको केही दिनअघि सार्वजनिक भएको एक अडियो रेकर्ड काण्डमा मन्त्री गुप्ताले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामाबारे उनले भने, “सत्य के हो भन्ने छानबिनबाट प्रस्ट हुनेछ। तर, वर्तमान परिस्थितिमा निष्पक्ष छानबिनका लागि पद छोड्नु उचित ठानें ।”
सार्वजनिक अडियोमा मन्त्री गुप्ता र एक सेवाग्राहीबीच भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका विषयमा बार्गेनिङ भइरहेको स्पष्ट सुनिन्छ। अडियोमा पोखराको जग्गा व्यवस्थापन र मालपोत कार्यालयमा प्रभाव प्रयोग गरी “काम मिलाउने” सन्देश दिने प्रयास देखिन्छ । घटनापछि विपक्षी दलहरूले संसदमा तत्काल गुप्ताको राजीनामा र अनुसन्धानको माग गरेका थिए ।






