चारभञ्ज्याङ तमु समाज युकेको १८ औं वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा दुर्गा गुरुङ

SHARE:

बेन कुमार गुरुङ – बेलायत

आइतवार १३ जुलाई २०२५ – बेलायत। चारभन्ज्याङ तमु समाज युकेको सातौ अधिबेशनबाट दुर्गा गुरुङको नेतृत्वमा सातौ कार्यसमिति गठन भएको छ । उक्त अधिवेशन बेलायतको अल्डरसटस्थित युकेको एम्पाएर हलमा बसेको सम्पन्न भएको थियो। अध्यक्ष दुर्गा गुरुङ छैटौं कार्यसमितिमा उपाध्यक्ष रहनु भएको थियो ।

बेन कुमार गुरुङको छैटौं कार्यसमितिको कार्यवधी सकिएपछि अधिबेशनबाट सातौ कार्यसमितिको गठन भएको हो, अध्यक्ष बेन कुमार गुरुङको अध्यक्षता सुरु भएको कार्यक्रममा समाजका दिवंगत सदस्यहरु प्रती समाजका जेष्ठ नागरिक श्रीमती लक्ष्मी गुरुङले पानसमा राखिएको दिप बालेर श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणा गरिएको थियो ।

कार्यक्रममा करिब 3 दर्जन सदस्यहरुको उपस्थिति रहेको थियो भने संस्थापक अध्यक्ष,चारभञ्ज्याङ समन्वय समितिका पुर्वअध्यक्ष तथा समाजका पुर्वअध्यक्षहरु, सल्लाहकार साथै जेष्ठ नागरिक श्रीमती लक्ष्मी गुरुङलगायतले छैटौ कार्यसमितिले सफलता पुर्वक आफ्नो कार्यकाल पूरा गरि उल्लेखनीय योग्दान पुराएकोमा हार्दिक धन्यवाद बधाइ तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

मन्तव्य तथा शुभकामना कार्यक्रम सकिएपछि भने महासचिव अमर गुरुङ ले प्रस्तुत गरेका वार्षिक प्रतिबेदन सर्वसम्मत पारित भएको थियो भने कोषाध्यक्ष कमल गुरुङले आफ्नो 3 वर्षको आर्थिक प्रतिबेदन अत्यन्तै पारदर्शी रुपमा प्रस्तुत गर्नु भएको सबैले खुसी व्यक्त गर्दै धन्यवाद सहित पारित भएको थियो ।

संस्थाका प्रमुख सल्लाहकार एवम् बिधान संशोधन समितिका संयोजक क्या. कृष्ण बहादुर गुरुङले बिधानमा थपघट तथा हेरफेर गरिएको बुंदाहरु प्रस्तुत गर्नु भएको थियो भने उक्त बिषयहरुमा छलफल र सुझाव दिनेक्रम सकिएपछि संसोधित बिधान पारित गरिएको थियो त्यस लगत्तै संस्था अध्यक्ष बेन कुमार गुरुङले आफ्नो कार्यकालमा भएका भएका उपलब्धि र सफलताको बारेमा प्रोजेक्टर मार्फत भिडियो क्लिप तथा फोटोहरु देखाउदै समाजका सम्पुर्ण अग्रज इस्टमित्र युथ नानी बाबू कार्यसमितिका सहकर्मी तथा सम्पुर्ण चारभन्ज्याङवासिमा हार्दिक धन्यवाद सहित कृतज्ञता प्रकट गर्नु भयो भने आफ्नो नेतृत्वमा रहेको छैटौं कार्यसमितिको विघटन गर्दै दोस्रो चरणको कार्यक्रमको लागि प्रमुख निर्वाचन आयुक्त संस्थापक अध्यक्ष ले. नारायण प्रसाद गुरुङ (बिइएम) लाई सुम्पनु भएको थियो ।

केही क्षणको खानाको विश्राम पछि निर्वाचन मंडलका प्रमुख आयुक्त ले. नारायण गुरुङले संचालन गर्नु भएको थियो । उहाँको संयोजकत्वमा मे. कृष्ण गुरुङ, पुर्व अध्यक्ष मदन गुरुङ, तमु धिं युकेका पुर्वअध्यक्ष ग्याम गुरुङ र आमा समूह कि पुर्वअध्यक्ष श्रीमती बिमला गुरुङको निर्वाचन मंडल करिव ३ महिना अगाडि नै घोषणा गरिएको थियो ।

चार भन्ज्याङ तमु समाज यु के को सातौं अधिबेसनले नया कार्यसमिति को चयन् यस प्रकार गरिएको छ :

१. अध्यक्ष दुर्गा बहादुर गुरुङ
२. उपाध्यक्ष अमर गुरुङ
३. महासचिव सुनिल् गुरुङ
४. सह-सचिव बिजय गुरुङ
५. कोषाध्यक्ष श्रीमति बिमला गुरुङ
६. सह कोषाध्यक्ष लालकाजि(आश्राम) गुरुङ
७. कार्यक्रम संयोजक सरुन गुरुङ
८. युवा एबं खेलकूद सचिव हितमान घले
९. युवा एबं खेलकूद सह-सचिवरबि गुरुङ
११. सम्पत्ति बिभाग प्रमुख् नर बहादुर गुरुङ
१२. मनोरन्जन सचिब: बुद्द घले
१३. भोजन सचिव प्रकाश गुरुङ
१४. आमा प्रमुख श्रीमती अमला गुरुङ
१५. आमा सचिव श्रीमती इन्द्र (लिडिया) गुरुङ
१६. चेली बेटी प्रमुख श्रीमती मिना गुरुङ
१७. चेली बेटी सचिव श्रीमती रजनी गुरुङ
१८. बेब मास्टर सन्तोष / बिबेक् गुरुङ
१९. क्षेत्रिय सचिव अल्डर्सट चन्द्र बहादुर गुरुङ
२०. क्षेत्रिय सचिव बेजिङ्स्टोक बुद्द गुरुङ
२१. क्षेत्रिय सचिव रेडिङ आनन्द घले
२२. क्षेत्रिय सचिव लण्डन शारदा गुरुङ
२३. क्षेत्रिय सचिव प्लम्स्टेड बेन कुमार घले
२४. क्षेत्रिय सचिव केन्ट रमेश गुरुङ
२५. क्षेत्रिय सचिव स्विन्डन मान सिह गुरुङ

छैटौ कार्यसमितीका अध्यक्ष बेन कुमार गुरुङलाइ तथा प्रथम महिला तारा गुरुङ लगायत अन्य सदस्य हरुलाई संस्थाकी जेष्ठ नागरिक श्रीमती लक्ष्मी गुरुङज्युले खादा र पगरि ओढाइ विदाइ गर्नु भएको थियो ।

यसरीनै सातौ कार्य समितिका अध्यक्ष श्री दुर्गा बहादुर गुरुङ लाई पगरी र खादा एबं आमा प्रमुख श्रीमती अमला गुरुङलगायत अन्या आमा समुहका कार्यसमिती लाई निर्वाचन आयुक्तज्युले फुल र खादा लगाइ बधाई दिनु भएको थियो ।

अन्तमा, चारभञ्ज्याङ तमु समाज युकेको १८औं साधारण सभा तथा सातौँ अधिवेशनले संस्थागत स्थायित्व, आन्तरिक एकता र जिम्मेवारीको अभ्यासलाई अझ मजबुत बनाएको छ। नवगठित कार्यसमितिको नेतृत्वमा समाजले आगामी दिनहरूमा अझ प्रगतिशील, समावेशी र उपयोगी कार्यहरू अगाडि बढाउने विश्वास समाजका सम्पूर्ण सदस्यहरूले व्यक्त गरेका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!