लन्डन १८ जुलाई २०२५ । नागरिकता विधेयकमा आफ्ना माग सम्बोधन नभएपछि ब्रिटिस गोर्खाहरु छलफलमा जुट्दैछन् ।
ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) र भूतपूर्व सैनिक कल्याणकारी समिति नेपालको आयोजनामा २० जुलाईमा जुम मिटिङ हुन लागेको हो । छलफलमा उपस्थित हुन आग्रह गर्दै आयोजकले बेलायतको समय बिहान ११ बजे र नेपालको समय दिउँसो ४ बजे तय गरिएको छ ।
‘नेपाल नागरिकता (दोस्रो) विधेयक, २०८२’ संसद्बाट पारित भइसकेको छ । यसलाई सभामुखले प्रमाणित गरेर पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐन बन्ने संवैधानिक प्रावधान छ ।






