एनआरएन वेल्सको चौथो महाधिबेशन सम्पन्न, अध्यक्षमा डा. विकास रानाभाट लगायतको कार्यसमिती सर्वसम्मत

SHARE:

खेमराज रानाभाट – बेलायत

कार्डिफ, वेल्स- गैरआवासीय नेपाली संघ यूकेको वेल्स राज्य समन्वय परिषदको अध्यक्षमा डा विकास रानाभाट लगायतको कार्यसमिती सर्वसम्मत चयन भएको छ। १९ जुलाई २०२५ शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा सम्पन्न चौथो महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाका सचिब डा अमर ध्योज मल्लले संचालन गरेको महाधिवेशनमा संस्थाकी कोषाध्यक्ष श्रीमती शोभा राणा पोखरेलले प्रस्तुत गर्नुभएको आर्थिक विवरण सभाले सर्वसम्मत पारित गरेको थियो। उक्त सभामा नेपाली समाज वेल्स, यूकेका अध्यक्ष श्री पदम पुन, नेपाली समाज वेल्स, यूकेका पूर्व अध्यक्षद्वय श्रीमती लक्ष्मी केसी र श्रीमती प्रसाद पुन लगायत वेल्सका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा धर्म सास्कृतिक अभियान यूकेका अध्यक्ष डा पण्डित थानेश्वर पाण्डे, नेपाली समाज वेल्स, यूकेका प्रतिनिधि सचिव श्री बल थापा, गैरआवासीय नेपाली संघ यूकेका राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष श्री कृष्ण प्रसाद भण्डारी, गैरआवासीय नेपाली संघ यूके राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष तथा संरक्षक श्री राम चन्द्र पोखरेलले सभालाई सम्बोधन गर्नु भएको थियो। गैरआवासीय नेपाली संघ यूके वेल्सराज्य समन्वय परिषदका अध्यक्ष श्री विभूषण मान श्रेष्ठको अध्यक्षतामा भएको उक्त महाधिवेशनमा उपस्थित सदस्यहरुबाट संकलित सल्लाह सुझाबलाई भावी कार्ययोजनामा समावेस गरिने कुराको जानकारी नवनिर्वाचित अध्यक्ष डा रानाभाटले दिनु भयो।

२०२५/२७ को कार्यसमितीको लागि निर्वाचन प्रक्रियामा गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन समितिको निर्देशन अन्तर्गत रहेर गैरआवासीय नेपाली संघ यूकेको वेल्स राज्य समन्वय परिषदका नवनिर्वाचित कार्यसमिति सर्वसम्मत भएको घोषणा गरिएको थियो। गैरआवासीय नेपाली संघ यूके राष्ट्रिय समन्वय परिषदको निर्वाचन समितिले राज्य समन्वय परिषदका संस्थापक अध्यक्ष तथा संरक्षक श्री राम चन्द्र पोखरेललाई निर्वाचन अधिकृत तोके बमोजिम उहाँले राज्य समन्वय परिषद वेल्सको नव निर्वाचित कार्यसमिति सर्वसम्मत भएको घोषणा गर्नु भएको थियो। नवनिर्वाचित कार्यसमिति निम्नानुसार छ।
डा. विकास रानाभाट – अध्यक्ष
श्री बलराम अधिकारी – उपाध्यक्ष
डा. अमर धोज मल्ल – सचिब
श्री सन्जिब मैनाली – सह-सचिब
श्री भोज नारायण रेग्मी – कोषाध्यक्ष
श्री सुर्य ढकाल – सह कोषाध्यक्ष
श्री इन्द्र श्रेष्ठ – सदस्य
श्री बाबु राम सुबेदी – सदस्य
श्री केन्द्र लिम्बु – सदस्य
श्री राम दत्त मिश्र – सदस्य
श्री बाबु राम खनाल – सदस्य
श्री ईस्वर प्रसाद काफ्ले – सदस्य
श्री सुशील आचार्य – सदस्य

राज्य समन्वय परिसद, वेल्स युकेको महाधिबेशन सम्पन्न भए संगै नवनिर्वाचित कार्यसमितिले पदको सपथ ग्रहण तथा प्रमाणपत्र ग्रहण एनआरएनए यूकेको घोषणा सभा २७ जुलाई २०२५ मा गरिने छ।

कार्यक्रमको अन्तमा नवनिर्वाचित अध्यक्ष डा विकास रानाभाटले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै आगामी कार्यकालको भावी कार्ययोजना बारे प्रकाश पार्नु भएको थियो। निर्वाचन अधिकृत श्री पोखरेलले सम्पूर्ण सहभागी सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्य कालको शुभकामना सहित कार्यक्रम समापन गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!