मान गुरुङ -बेलायत।
आगामी सनिबार ३० र आइतबार ३१ अगस्ट २०२५ का दिन Mouse Tail Web sevices UK ले बेलायतमा स्थापित बिभिन्न संघ-संस्थाहरुलाई दुइ दिने व्यापार तथा सिप तालिम दिने भएको छ।
उक्त व्यापार तथा सिप तालिमको कार्यक्रम भौतिक, जूम र हैब्रिडद्वारा आयोजना गर्दैछ l उक्त कार्यक्रम नेपाली दाजुभाई दिदि बहिनिहरुलाई लक्षित गरि व्यापार कसरी सफल बनाउने, संघ संस्थालाइ कसरी संगठित र सुद्धरित तथा प्रभाबकारी बनाउने भन्ने बारेमा केन्द्रित हुनेछ।
साथै नेतृत्व, रणनीति, संरचना, नब प्रतिभा, स्वास्थ्य, बित्तिय, बिज्ञापन आदिको बारेको मन बहादुर गुरुङले प्रशिक्षण दिनेछन्। गुरुङले यस बिषयमा यमबिए र यमएआइयनटियल हुमन रिसोर्सेस म्यानेजमेन्टको अध्ययन गरेका छन्। उनले सामुहिक नेतृत्वको विकाश कसरि गर्न सकिन्छ भन्ने बिषयमा पनि गहिरो अनुभब गर्नु भएको छ।
उक्त कार्यक्रममा अन्य ब्यबसायिक व्यक्तित्वहरुले पनि प्रशिक्षण दिने छन् l बिस्तृत जानकारीको लागि ब्यानरमा हेर्नु हुन अनुरोध गर्दछौं l







