यौन दुर्व्यवहार कसुरमा पक्राउ मधेस प्रदेशका पूर्वप्रमुख झा पुर्पक्षका लागि थुनामा

SHARE:

काठमाडौँ ३० जुलाई २०२५ । जिल्ला अदालत काठमाडौँले मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

न्यायाधीश पिताम्बर शर्माको इजलासले मंगलबार यौन दुर्व्यवहार कसुरमा पक्राउ परेका झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अदालतको उक्त आदेशसँगै अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

यौन दुर्व्यवहारको कसुरमा यही साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो । सोही विषयमा थप अध्ययनका लागि पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश गरेको हो ।

मधेसवाणी साप्ताहिक पत्रिका प्रकाशनलगायत सञ्चार उद्यमीसमेत रहेका झा २०७७ साल फागुन ७ मा मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए । करिब छ महिनाजति उक्त प्रदेशको प्रदेशको प्रमुखका रुपमा काम गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!