नगेन्द्रराज नेम्बाङ्ग
आस्फोर्ड, केन्ट । बेलायतमा भ्रमणमा रहेकी नेपालका उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेसँग नेपाली समुदाय बेलायतले अन्तर्क्रिया गरेको छ । गत बुधबार २१ नोभेम्बरका दिन किरात याक्थुङ्ग चुम्लुङ्ग (किचायु) युकेले आस्फोर्ड, केन्टमा आयोजना गरेको हो ।
कार्यक्रमको सुरुवातमा संस्थाका सचिव विश्वासदीप तिगेलाले स्वास्थ्य सुरक्षाको जानकारी गराउँदै उपस्थिति सबैलाई स्वागत मन्तब्य राखेका थिए । सो अवसरमा उपसभामुख डा. तुम्बाहाङफेलाई कियाचु युकेका अध्यक्ष तिल बिक्रम सम्बाहाङफेले तेह्रथुमे ढाका सल ओढाई स्वागत तथा सम्मान गरेका थिए ।
अन्तर्क्रियाको क्रममा महासचिव गणेश ईजम सचिव विश्वासदीप तिगेला, सल्लाहकार श्री लिम्बु, समाजसेवी सन्तोष थलङ, इन्द्र पालुङवा याक्खा चुम्मा अध्यक्ष धन रोधुलगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
उपसभामुख डा. तुम्बाहाम्फेले विभिन्न सहभागीहरुले राखेको जिज्ञासालाई मेटाउँदै सरकारले गरेको कामप्रति सबैको विश्वास हुनुपर्नेमा जोड दिइन् । साथै, उनले नेपालको वर्तमान राजनीति अवस्था र संविधानबारे प्रष्ट पारिकी थिइन् । त्यस्तै, उनले कियाचु लिम्बुको लोगो सिलाम साक्माको पनि व्याख्या गर्नुपर्ने आवश्यकता औल्याइन् ।
कियाचु युकेका अध्यक्ष तिल बिक्रम सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न अन्तर्क्रिया कार्यक्रमलाई महासचिव गणेश ईजमले सञ्चालन गरेका थिए ।