रोधीघरको आँगन भाग २ का कलाकारहरु सम्मानित

SHARE:

हुम तमु
पोखरा । युकेका कार्यथलो बनाएका फोटोग्राफर मिलन तमुको प्रस्तुति ‘रोधीघरको आँगन भाग–२’ का कलाकार तथा सहयोगीहरुलाई शुक्रबार सम्मान गरिएको छ ।

पोखरा ११ शक्तिघाटस्थित तमु प्ये ल्हु संघमा आयोजित कार्यक्रममा म्युजिक भिडियो निर्माता तथा गीतकार फोटोग्राफर मिलन तमुले कलाकार र पत्रकारहरुलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

 

कार्यक्रममा तमुधिं युकेका सल्लाहकार तथा गीतकार, संगीतकार एकेन्द्र गुरुङले म्युजिक भिडियोका कलाकारहरुलाई धन्यवाद र शुभकामना व्यक्त गर्दै अब गुरुङ कलाकार मात्रै होइन राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावित पार्ने कलाकार बन्नु प्रयास गर्नुपर्ने बताए । उनले कलाकारिता राष्ट्रको गहनामा मात्रै नभई मुलुक समृद्धिको आधार भएको दाबी गरे ।

तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले आफ्नो कलाकारिता प्रस्तुत गरेर म्युजिक भिडियो सम्पन्न गर्न सहयोग गरेकोमा कलाकारहरुलाई धन्यवाद व्यक्त गरे । मिलन तमुको रोधीघरको आँगन भाग २ को सफलताको शुभकामना व्यक्त गर्दै उनले कलाकारिताको सहयोगको लागि तमुधिं युके जुटिरहेको बताए ।

निर्माता, गीतकार मिलन तमुले आफ्नो प्रस्तुति रहेको म्युजिक भिडियो निर्माणमा सहयोग पु¥याउने सबैलाई धन्यवाद व्यक्त गर्दैै आगामी दिनमा पनि साथ सहयोग रहने अपेक्षा गरे ।

कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका घाचोकमा छायांकन सम्पन्न कौरा गीतमा स्वर आर के गुरुङ र तारा श्रीस मगर, निर्देशन पवित्रा गुरुङ र नृत्य निर्देशन साजन गुरुङ एवं कलाकारहरु तमु प्ये ल्हु संघ युवा समितिका कलाकारहरुको नृत्य रहेको छ ।
निर्माता, गीतकार मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्देशक पवित्रा गुरुङले गरेकी थिइन् । कार्यक्रमपश्चात “रोधीघरको आँगन भाग २” कौरा गीतको अन्तिम सम्पादन पोष्ट प्रोडक्शन भकारी रेकडिङ्ग स्टुडियोमा भइरहेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!