सरकार बजेटको तयारीमा छ । यही जेठ १५ गते सरकारको नयाँ बजेट आउँदैछ । यो बजेट आउनुपूर्व यसअघिको वर्षको बजेटको समीक्षा गर्नु जरुरी छ । यसका लागि सरकारले पक्कै पनि गतिलो गृहकार्य गरेको हुनुपर्छ । यो गर्न सकिएन भने पक्कै पनि मुलुकका लागि दुर्भाग्य हुनेछ ।
दुई तिहाई बहुमतको सरकारको पहिलो बजेट राम्रो कार्यान्वयन हुन सकेन । विकास बजेट ५० प्रतिशत पनि खर्च हुने सकेन । यो अत्यन्त दुर्भाग्य हो । बजेट भाषणमा आउने, खर्च नहुने कामले पक्कै पनि राम्रो संकेत गर्न सकेन । यो दयनीय स्थितिले नेपालको बजेट कार्यान्वयन स्थिति फिचलो मात्र होइन, असफल नै देखाइदियो । त्यसैले पनि बजेट कायान्वयन गरिने खालको हुन जरुरी छ । त्यसो हुन सकेन ।
देशको दुर्दशाबाट मुक्ति दिन्छौं भनेर नेकपाकोको एजेण्डालाई जनताले अनुमोदन गरिदियो । यो अनुमोदनलाई दुई तिहाईको सरकार बन्यो । सरकारले पहिलो बजेट ल्यायो । बजेट कार्यान्वयन हुन सक्दैन । यो अत्यन्त दयनीय स्थिति हो । यो स्थितिलाई पक्कै पनि राम्रो संकेत होइन । यो स्थितिलाई नेपाली जनताले फेरि पनि टुलुटुलु हेरेर बस्नुपर्ने त ?
यो साँच्चै नेपाल र नेपालीका लागि दुर्भाग्यको कुरा हो । नेपाली समाजमा देखा परेको यो विकृतिलाई हेर्ने हो भने अबको बजेट पनि कार्यान्वयन हुन्छन् नै भन्ने छैन । नेपाली आमजनताले फेरि पनि कागलाई बेल पाक्यो, हर्ष न विष्मातको बजेट आउनुले कुनै अर्थ राख्दैन । त्यसैले पनि अबको बजेट आउनुलाई जनताले आशाको रुपमा मात्र देख्न नपरोस् । बजेट आउँदा जनता खुशी हुनुपर्ने, दीपावली गर्नुपर्ने स्थिति आओस । वास्तवमा कार्यान्वयन हुने खालको बजेट आउनुपर्छ । त्यसो हुन सक्यो भने मात्र बजेट ल्याउनुको अर्थ हुन्छ । होइन भने बजेट आउने, कार्यान्वयन गर्न नसक्ने हो भने पक्कै पनि बजेटको औचित्य हुन सक्दैन ।
बजेट बनाउँदै गर्दा देशका विविधतालाई सम्बोधन गर्न सक्नुपर्छ । देशका जनताको आत्मविश्वासका साथ सरकारले ल्याएको बजेट कार्यान्वयन गर्छ भन्ने आत्मविश्वास गर्नसक्छ । जनतामा विश्वास बढ्छ । जसका कारण बजेट ल्याउने मात्र नभएर जनताले विश्वास गर्ने खालको आओस भन्ने आशा आम जनताको छ । यो विश्वासलाई सरकारले हेक्का राखोस् ।