प्रधानमन्त्री ओली ३ दिने बेलायत भ्रमणमा

SHARE:


लण्डन । नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओली बेलायतको ३ दिने औपचारिक भ्रमणका लागि बेलायत आएका छन् । उनी बेलायती प्रधानमन्त्री टेरेजा मे को निमण्त्रणामा बेलायत आएका हुन् ।

उनलाई स्वागत गर्न सोमबार बेलायती शसस्त्र बल (आम फोर्सेस) राज्य मन्त्री  मार्क लंकास्टर, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी लगायत दूतावास अधिकारीहरु हिथ्रो विमानस्थल पुगेका थिए । प्रधानमन्त्री ओलीले सोमबार बेलुकी युनिभर्सिटी अफ अक्सफोर्डले अक्सफोर्ड स्ट्रिटमा आयोजना गरेको बिशेष समारोहमा सम्बोधन गरेका छन् । सम्वोधनमा उनले नेपालको शान्ति प्रक्रियाको सफलता, प्रजातन्त्र, बिकास र समृद्धि प्राप्तका लागि भैरहेको प्रयास बारे जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले वर्तमान सरकारको मुख्य प्राथमिकताका बिषयमा जोड दिदै दिर्घाकालिन दृष्टीकोण र ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानबारे  उल्लेख गरे । सो समारोहमा विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता र वौद्धिक गरी ४०० भन्दा बढीको सहभागीता रहेको थियो । सोही बेलुकी अक्सफोर्ड युनियनले आयोजना गरेको रात्रीभोजमा प्रधानमन्त्री ओली सहभागी भएका थिए ।

सो भ्रमण टोलीमा प्रधानमन्त्री ओली संगसंगै उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु प्रसाद रिमाल, सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र सचिव शंकर दास वैरागी लगायत नेपाल सरकारका उच्च अधिकारीहरु रहेको नेपाली राजदूतावास लण्डनले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनको मंगलबार बेलायती प्रधानमन्त्री मे संग भेटघाट हुने कार्यक्रम रहेको छ भने बुधबार नेपाली दूतावास लण्डनले आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुने छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!