एनआरएनए युकेद्वारा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन

SHARE:

लन्डन  । एनआरएन युकेको एक प्रतिनिधिमण्डलले बेलायत भ्रमणमा रहेका  नेपालका प्रधानमंत्री के. पी. शर्मा ओलीलाई नागरिक अभिनन्दन गरेको छ  ।  प्रधानमन्त्री ओलीले नेपालको  प्रजातान्त्रिक आन्दोलनमा पुराएको योगदानको कदर गर्दै बेलायतवासी नेपालीहरुको तर्फबाट नागरिक अभिनन्दन गरिएको हो  ।  मंगलबार नेपाली दूतावास, लण्डनमा आयोजित एक समारोहमा उक्त अभिनन्दनपत्र प्रधानमंत्रीलाई हस्तान्तरण गरिएको हो ।

सो भेटमा एनआरएन युकेका अध्यक्ष योगकुमार फगामीले ब्रिटिश सेनाबाट  सेवानिवृत्त गोर्खा सैनिकहरुको समान पेन्सन लगायतका समस्या समाधान गर्न बेलायत सरकारसंग उच्चस्तरीय वार्ता टोलि बनाउन  पहल गर्न, गोर्खा सैनिकहरु त्रिपक्षीय सन्धि अनुसार बेलायत आएको हुँदा उनिहरुको नागरिकताको विषयलाई अलग ढंगले सम्बोधन गर्न आग्रह गरे ।  त्यस्तै उनले  गैर आवासीय नेपाली नागरिकता विदेशस्थित नेपाली दूतावासबाट  वितरण हुने व्यवस्था मिलाउन पनि आग्रह गरे । सो कार्यक्रममा एनआरएन आइसीसीका  उपाध्यक्ष  कुल आचार्यले  नेपालमा लगानी भित्राउन गैर आवासीय नेपाली संघले  नेपाल सरकारसंग सहकार्य गरिरहेको बताए । उनले हाल संसदमा विचाराधीन नागरिकता सम्बन्धि विधेयकमा रहेको गैर आवासीय नेपाली नागरिकताको प्रावधानलाइ छिटो, छरितो र झन्झट मुक्त बनाउन आग्रह गरे । उपाध्यक्ष आचार्यले ”एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूलमन्त्र अनुरुप भावी पुस्तालाई पनि नेपालसंग जोडी राख्न गैर आवासीय नेपाली नागरिकता ऐनलाई उदार र व्यवहारिक बनाउन आग्रह पनि गरे  । सो अवसरमा एनआरएनएको  प्रतिनिधिमण्डलले प्रधानमंत्री ओलीसंग  लन्डन-काठमाडौँ सिधा हवाई सेवा संचालन गर्न समेत माग गरे ।

सो  कार्यक्रममा एनआरएन युकेका  उपाध्यक्षहरु शेर सुनार, प्रेम गाहा, पुनम गुरुङ, ललित न्यौपाने, सुशीला  राई, महासचिव राजकुमार त्रिपाठी, एनआरएन आइसीसीका सल्लाहकार सुरेन्द्र श्रेष्ठ, प्रवक्ता रमेश सिंह सारंगकोटी,   संगीता मरहट्टा लगायतको सहभागिता थियो। सो  समारोहमा एनआरएन युकेले प्रधानमंत्रीलाई मायाको चिनो स्वरुप एनआरएन युकेको ब्याच लगाईदिएको एनआरएनए युकेले जनाए ।

तस्बिर: एभरेष्ट गौतम

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!