तेह्रथुम समाज यूकेको वार्षिक भेला सम्पन्न

SHARE:

सुरेन्द्र इङ्नाम
केन्ट, बेलायत । तेह्रथुम समाज यूकेको वार्षिक भेला भव्य रुपमा सम्पन्न भएको छ । गत ८ जुन २०१९ को दिन बेलायतको आसफोर्डमा आयोजित वार्षिक भेलामा सुरेन्द्र तुम्बाहाङ्फे र पृथ्वीबहादुर तुम्बाहाङ्फे विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । अन्य अतिथिहरुमा ताप्लेजुङ समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल, पाँचथर समाजका प्रतिनिधि सकुन नेम्बाङ, सङ्खुवासभा समाजका प्रतिनिधि सुन्दर लिङ्थेप, नेपालबाट आएका गायक विषेशत: लिम्बु भाषाका गीत गाएर धेरै चर्चा कमाइसकेका ब्रबिम शेर्मा, तारा लोक्साम, तेह्रथुम समाजका संस्थापक संयोजक भिमराज तुम्बाहाङ्फे, समाजका सल्लाहकार लोक गुरुङ, सल्लाहकार तथा पूर्वअध्यक्ष सूर्य खापुङ, कानुनी सल्लाहकार उत्तरमान तिगेला साथै एनआरएन यूकेका उपसभापति सुशीला राई रहेका थिए ।

नेपाल र यूकेको राष्ट्रिय गान बजाएपछि संस्थाका अध्यक्ष डम्बर सिङ्गक साथै विशिष्ट अतिथिहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेपछि कार्यक्रम सुरु गरिएको थियो, तत्पश्चात् स्वागत नाच नानीहरुले गरेका थिए ।
संस्थाका नयाँ आजीवन सदस्यहरुलाई सम्मान पत्र र व्याज हस्तान्तरण, उत्तम शैक्षिक योग्यता लिने नानीहरुलाई प्रोत्साहन पत्र साथै अन्य कुनै समाजलाई प्रतिनिधिमूलक सन्देश, योग्यता तथा ज्ञान हासिल गर्नेहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यसपश्चात् चेलीबेटीहरुलाई स्वागत सम्मान गर्दै पहिलो सत्रको कार्यक्रम सकिएको थियो ।

दोस्रो सत्र सांस्कृतिक कार्यक्रमबाट सुरु भएको थियो । जसमा फेशन सोअन्तर्गत विभिन्न जातजाति लिम्बु, राई, नेवार, मगर साथै अन्य जातजातिहरुको मौलिक पहिरनहरुलाई उद्धृत गर्ने प्रयास मोडेल तथा नायिका सिर्जना निङ्लेकुले गरेका थिए । फेसन सोपश्चात् नृत्य, च्याब्रुङ नाच लगायत गायकहरु तारा लोक्साम, प्रनेश लिम्बु र ब्रबिम शेर्माले गीत गाएर कार्यक्रमको अन्त्यसम्म सबैलाई भरपुर मनोरञ्जन दिलाए ।

समाजका अध्यक्ष डम्मर सिङ्गकले पाहुना तथा उपस्थित सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रम औपचरिक रुपले सकिएको र बाँकी समय मनोरञ्जनात्मक कोकटेल नृत्य भएको जानकारी दिए ।

बिहान १० बजेबाट सुरु भएर साँझको ७ बजेसम्म चलेको कार्यक्रम संस्थाका सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए । साङ्गेतिक कार्यक्रमलाई मोडेल तथा नायिका सिर्जना निङलेकुले सञ्चालन गरेकी थिइन् । सहध्यक्ष श्रीमती सानु सुब्बाले स्वागत मन्तव्य दिएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!