ताप्लेजुङ्ग समाज युकेको वार्षिक भेटघाट

SHARE:

जानू काम्बाङ्ग लिम्बू
अल्डरसट । ताप्लेजुङ्ग समाज युकेले अल्डरसटको एम्पायर हलमा भव्यताका साथ वार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
अध्यक्ष अमृता पलुङ्गवाको अध्यक्षतामा २८ अप्रिल शनिबारका दिन सो समाजको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि भूतपूर्वमन्त्री विजयप्रकाश थेबे थिए । त्यस्तै युकेमा स्थापित अन्य थुप्रै संघसंस्थाका प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । मध्यान्ह १२ बजेबाट सुरु भएको औपचारिक कार्यक्रम संस्थाकै सचिव रत्न लाबुङ्गले सञ्चालन गरेका थिए । कार्यक्रममा ताप्लेजुङ्ग समाज युकेलाई योगदान पुर्याउँदै आएका धेरै युकेवासी महानुभाव तथा दिदीबहिनीहरुलाई प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विजयप्रकाश थेबेले ताप्लेजुङ्गवासीहरुलाई आईपर्ने विभिन्न दुःख, सुखमा सधंै साथ रहँदै, संस्थाले केही वर्षअघि ताप्लेजुङ्ग जिल्लाको मुटुमा रहेको जिल्ला हस्पिटलको एक्स–रे मेसिन चलाउनको लागि सोलार पावर जडान गर्दै थप केही भवन पनि निर्माण गरिदिएकोले अहिले जिल्लावासीहरुलाई धेरै सजिलो भएको उल्लेख गरे । साथै सो संस्थाका सम्पूर्ण पदाधिकारीलगायत जिम्मेवार व्यक्तिहरुलाई विशेष धन्यवाद दिँदै उनले संस्थासँग आफू अत्यन्तै प्रशन्न र गौरवान्वित रहेको बताए । उनले आउँदा दिनहरुमा पनि यस्तै राम्रो कामको आशा व्यक्त गरे ।

अन्त्यमा कार्यक्रम समापन गर्दै अध्यक्ष अमृता पालुङ्ग्वाले संस्थाले केही वर्षअघि ताप्लेजुङ्गको ६ गाविसमा गएको बाढी पहिरोपीडित, भीषण अग्निपीडितहरुलाई समेत सहयोग गरेको बताइन् । उनले ताप्लेजुङ्ग समाजको हस्पिटल ट्रष्टलाई आर्थिक सहयोग दिने सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

हस्पिटल प्रोजेक्टलाई सफल पार्नका निमित्त शारीरिक रुपले दुःख गर्ने पूर्वअध्यक्ष लक्ष्मी घिसिङ, मेजर भुवानी पन्धाक र डाक्टर चन्द्र लक्सम्बालाई पनि धन्यवाद दिइएको थियो । उनले सिंगो कार्यकारी समिति सदस्यहरुको दुःखलाई कहिल्यै भुल्न नसक्ने बताइन् । साँझ ४ बजेबाट सुरु भएको सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार प्रिया लिम्बुले २ बेग्ला बेग्लै गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने गायक दिलीप बखिम लिम्बू र नितेश थाङ्ग्देनले पनि गीत गएर दर्शक नचाए ।
चर्चाको सिखरमा रहेका गायक सुरेन ताम्लिङ्ग र गायक कृष्णराज मेन्याङ्गबोले पनि साँझको ८ बजेसम्म मनोरञ्जन दिलाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!