काठमाडौं । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपालका राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतका राजदूत सुधाकर दलेला, भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मनु महावर एवम् भारतको विदेश मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।
प्रधानमन्त्री शाह आइतबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारत प्रस्थान गरेका थिए ।







