एटा संवाददाता
लन्डन । म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं. दोवाबाट बेलायत आई बसेका दोवावासीहरुले वार्षिक भेटघाट आयोजना गरेका छन् । गत शनिबार १५ जुनका दिन बेलायतको फ्रिम्लीमा विविध साँस्कृतिक कार्यक्रमका साथ आयोजना गरिएको हो । कार्यक्रममा समाजको विकासमा महत्वपूर्ण योगदान दिएका व्यक्ति र उत्कृष्ट विद्यार्थी भाइबहिनीहरुलाई सम्मान गरिएको थियो ।
साँस्कृति कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा विभिन्न गीत तथा नृत्य प्रस्तुत् गरिएको थियो । विभिन्न उमेर समूहका दोवावासीहरुको सहभागीता रहेको कार्यक्रममा नयाँ पुस्ताका भाञ्जाभाञ्जीको समेत बाक्लो उपस्थिति रहेको थियो ।
समाजका ओम पुनको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रमलाई थम पुर्जाले संचालन गरेका थिए भने सिरी पुर्जाले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए ।






