तमु समाज यूकेको १२औं वार्षिक साधारणसभा सम्पन्न

SHARE:

शिवशरण गुरुङ
लन्डन । तमु समाज यूकेको १२औं वार्षिक साधारणसभा २०१९ सम्पन्न भएको छ ।

शनिबार १५ जुनका दिन तमु समाज यूके नेपालीज कम्युनिटी सेन्टर बरहाम पार्क वेम्बली लन्डनमा सो साधारणसभा सम्पन्न भएको हो । शिवचन्द्र गुरुङको अध्यक्षतामा बसेको वार्षिक साधारणसभामा संयोजक कमल गुरुङले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराएका थिए । अध्यक्ष गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्ज्वलन गरी साधारणसभा शुभारम्भ गरिएको थियो ।

महासचिव हर्कबहादुर गुरुङले सञ्चालन गरेको वार्षिक साधारणसभामा उपाध्यक्ष कन्यप्रसाद गरुङले स्वागत मन्तव्य राखेका थिए । महासचिव गुरुङले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गरेपछि क्रमशः आमा समूहका अध्यक्ष बिन्दु घलेले आमा समूहको प्रतिवेदन, सल्लाहकार तथा कम्युनिटी सेन्टरका प्रबन्धक बाबुराम गुरुङले कम्युनिटी सेन्टरको प्रतिवेदन र उपाध्यक्ष तथा भवन खरिद परियोजनाका संयोजक शिवकुमार गुरुङले भवन खरिद परियोजना प्रतिवेदन तथा गत ५ मे २०१९ मा सम्पन्न च्यारिटी डिनर नाईटको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा विधान संशोधन र आगामी वर्षको योजना र कार्यक्रमहरुका बारेमा बुँदागत रुपमा घनिभूत छलफल गरी महत्वपूर्ण निर्णयहरु भएका तमु समाज यूकेले जनाएको छ । सभामा पूर्वअध्यक्ष शिवशरण गुरुङ र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले संस्थाको विविध विषयमा टीकाटिप्पणी र सुझावसहितको शुभकामना मन्तव्य राखेका थिए ।

सौहार्दपूर्ण वातावरणमा सञ्चालन भएको साधारणसभामा सदस्यहरुको बोल्ने क्रममा सबैले समाजको सर्वोपरी हित र भावी कार्यक्रमहरुका निम्ति सकारात्मक सुझावहरु दिँदै हालसम्म भइरहेका कार्यहरुमा खुसी प्रकट गर्दै पाँचौ कार्यसमितिका सम्पूर्ण पदाधिकारिहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए । साधारणसभाको अन्तमा सदस्यहरुको बोल्ने समयमा उठेका र प्रस्ताव गरेका विषयहरुको बुँदागत छलफल र निर्णय गरेपछि अध्यक्ष शिवचन्द्र गुरुङले आभार प्रकट गर्दै धन्यवाद मन्तब्य राखेर १२औं वार्षिक साधारणसभा औपाचारिक रुपमा समापनको घोषणा गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!