पोखरेली मञ्च यूकेले ‘पीपल चौंथो नेपाल कप, क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने

SHARE:

एटा संवाददाता
लन्डन । पोखरेली मञ्च यूकेले पीपल चौंथो नेपाल कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । गत शुक्रबार १४ जुन साँझ फार्नबोरो नर्थक्याम्पस्थित पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्टस्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजक पोखरेली मञ्च यूकेले सो जानकारी गराएको हो । खेल रेडिङस्थित रेडिङ्ग क्रिकेट एण्ड हक्की क्लबमा आगामी जुलाईको १४ तारिख बिहान १० बजे सुरु हुनेछ भने २१ जुलाईका दिन फाइनल खेल सम्पन्न हुनेछ ।

 

नकआउट सिस्टमले खेलाईने खेलका लागि १२ वटा टिमले आवेदन दिएको भएता पनि खेल दुई दिनमा सम्पन्न गर्नपर्ने भएको हुँदा ८ वटा टिमलाई मात्र दर्ता गरिएको मञ्चका उपाध्यक्ष एवं टुर्नामेन्ट संयोजक करम गुरुङले जानकारी दिए । उनले सो प्रतियोगिता सम्पन्न गर्नका लागि पीपल मोर्गेजेज् एण्ड स्टेट एजेन्टस्ले मुख्य प्रायोजनको रुपमा १००० पाउन्ड आर्थिक सहयोग गर्ने भएको छ । त्यस्तै, पहिलो पुरस्कार नगद ८०० पाउन्ड, मेडल र प्रमाणपत्र बगर भाइखलक यूकेका अध्यक्ष चन्द्रमान गुरुङ र सदस्यहरुले, दोस्रो पुरस्कार नगद ५०० पाउन्ड, मेडल र प्रमाणपत्र सिटी एक्सप्रेस मनी ट्रान्सफर लिमिटेडले प्रायोजन गर्ने छ ।

करिब ५०० जना दर्शकको उपस्थिति रहने अपेक्षा राखिएको प्रतियोगिताका स्टार अफ दि टुर्नामेन्टलाई नमस्कार एभेन्ट तथा आश्विन श्रेष्ठले १५० पाउन्ड, मेडल र प्रमाणपत्र प्रायोजन गर्ने भएको छ । त्यस्तै, वेष्ट बलरलाई १०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र र डि एण्ड जे हिटिङ्ग सर्भिसेस्का धनु थकाली तथा जगन गुरुङले वेष्ट व्याटमेनलाई १०० पाउन्ड नगद, ट्रफी र प्रमाणपत्र प्रायोजन गर्ने संयोजक गुरुङले जानकारी दिए ।

पोखरेली मञ्च यूकेले चौंथोपटक आयोजना गर्न लागेको टुर्नामेन्टमा राफल ड्र समेत खेलाईने जनाए । राफल ड्र विजेतालाई एकतोला सुन उपहार समेत राखिएको बताए । टिम दर्ता शुल्क १५० पाउण्ड उठाइएको सो टुर्नामेन्टमा साधारणतर्फ प्रवेश निःशुल्क गरिने र भिआईपीतर्फ भने खानासहित २५ पाउन्ड तोकिएको जानकारी दिए । नेपाली पत्रकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासालाई उपाध्यक्ष एवं संयोजक गुरुङ, अध्यक्ष मानप्रसाद गुरुङ र उपाध्यक्ष वाचस्पति रेग्मीले मेटाउने प्रयास गरेका थिए ।

खेल उद्घाटनका लागि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र समापनका लागि एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिसकिएको आयोजकले जानकारी गराए । त्यस्तै, खेलाडी, आयोजक र दर्शकहरुको सुविधाका लागि अल्डरसटस्थित मोमो स्टेशनले फुड स्टल राख्ने समेत जानकारी दिए ।

हेल्थ एण्ड सेप्mटीलाई समेत विशेष ध्यान दिइएको सो खेलमा विन्चेस्टर क्रिकेट क्लब, नवयुवा टिम, रमाइलो क्रिकेट क्लव, हन्स्लो क्रिकेट क्लब, मिड्ल्यान्ड क्रिकेट क्लव र क्यूजी सिग्नल क्रिकेट क्लवले भाग लिने भएको छ ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक पीपल ग्रुपका डाईरेक्टर सूर्यप्रकाश गुरुङले एकअर्कामा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिदैं शुभकामना दिए । त्यस्तै, मञ्चका संस्थापक अध्यक्ष क्याप्टेन सिबी पुन, सल्लाहकार महेश गुरुङ, मोमो स्टेशनका अमित गुरुङ लगायतले समेत शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा मञ्चका अध्यक्ष मान प्रसाद गुरुङले टुर्नामेन्ट आयोजनाले खेलाडिहरुको क्षमतामा बिकास हुने, एकअर्कामा चिनजान हुने, इन्ट्रीग्रेशन हुने र एकअर्कालाई एकताको सुत्रमा बाँध्ने बताउदै उत्कृष्ट खेलाडीहरुलाई नेपालको टिमसंग खेलाइने योजना समेत रहेको जनाए । त्यस्तै, उनले मञ्चले गत वर्ष जस्तै यसबर्ष पनि आगामी अगष्टको २, ३ र ४ तारिखका दिन वेल्समा हाईक फर नेपालको आयोजना गर्न लागेको समेत जानकारी गराए । साथै, उनले उक्त दुवै दिन उपस्थित भई खेलाडीहरुलाई हौसला प्रदान गरिदिनहुनका लागि बेलायतवासी नेपालीहरुमा अनुरोध गरे ।

स्मरण होस्, मञ्चका संस्थापक अध्यक्ष क्या. चन्द्रबहादुर पुन तथा उनको बहिनी सरिता पुनको परिवारले आफ्नो ममतामयी आमा भद्रशिला पुनको सम्झनामा सो क्रिकेट खेलका विजेता टिमलाई रनिङ्ग शिल्डको प्रायोजन गरेका छन् ।
मञ्चका अध्यक्ष मञ्चका अध्यक्ष मान प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं कार्यक्रम संयोजक करम गुरुङले स्वागत मन्तब्य दिएका थिए भने उपाध्यक्ष वाचस्पति रेग्मीले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!