अठार मगरात तथा खामभाषी समाजद्वारा भूमि पूजा सम्पन्न

SHARE:

एटा संवाददाता
लन्डन । अठार मगराँत तथा खामभाषी मगर समाज यूकेले भूमि पूजा आयोजना गरेको छ । गत आइतबार १६ जुनका दिन केन्टवरीमा आयोजना गरिएको हो । नयाँ नेतृत्व चयनसमेत गरिएको कार्यक्रममा परम्परादेखि गरिँदै आएको भूमिपूजा विधिवत रुपमा मनाइएको थियो । कार्यक्रममा माला घर्तीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

मगर संघ यूकेका अध्यक्ष ले.रि. सुनिल रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ यूके अध्यक्ष जंग सुनुवार, एनआरएनए उपाध्यक्ष प्रेम गाहा मगर, मगर संघ यूके संरक्षक घन थापा, पूर्वअध्यक्ष दुत पुन, ट्रष्टी गोमा राना, उपाध्यक्ष राम गलामी, महासचिव रुद्र थापा, कोषाध्यक्ष होम रोका, मगर संघ केन्ट अध्यक्ष क्या. राम पुन, इन्जिनियर तेजेन्द्र रोका लगायतको विशेष उपस्थिति रहेको थियो ।

सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा भूमि नृत्यसमेत गरिएको थियो । समाजका अध्यक्ष हिक्मतसिं रोकाको अध्यक्षतामा सम्पन्न पूजाको औपचारिक कार्यक्रम सचिव धनबहादुर बुढाले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!