लन्डन । साउथ ईष्ट रिजनल तमुधिं लन्डनले सिनियर सिटिजन कफी मर्निङ्गको आयोजना गरेको छ । गत शनिबार १५ जुनका दिन प्लमस्टिडमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष नन्दजङ्ग गुरुङ तथा आमा समूह अध्यक्ष जगत माया गुरुङ, वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ तथा सीता गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ तथा कमला गुरुङ र उपाध्यक्ष हरि गुरुङको विशेष उपस्थिति रहेको थियो । उनीहरुलाई साउथ ईष्ट रिजनल तमुधिं लन्डन अध्यक्ष हिराप्रसाद गुरुङ, पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार क्याप्टेन नारायणबहादुर गुरुङ एमभिओ, वरिष्ठ उपाध्यक्ष सुमन गुरुङ, आमा प्रमुख तथा उपाध्यक्ष पार्वती गुरुङ लगायतले खादा लगाई पुष्पगुच्छाले स्वागत गरिएको थियो ।
अध्यक्ष हिराप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा यस कार्यक्रम वरिष्ठ उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव डमर गुरुङले सञ्चालन गरेका थिए ।
कार्यक्रमममा तमुधिं यूके अध्यक्ष नन्दजङ्ग गुरुङले गत महिना सम्पन्न गोर्खा कपमा प्रवेशद्वार तथा कारपार्कमा पुर्याएको योगदानको प्रशंसा गरे । उनले हामी जहाँ भए पनि आफ्नो भाषा, कला र संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै कफी मर्निङ्ग सिनियर सिटिजनहरुको सम्मान कार्यक्रम राम्रो र प्रशंसनीय रहेको बताए ।
तमुधिं यूके अध्यक्ष नन्दजङ्ग गुरुङ, वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ र उपाध्यक्ष हरि गुरुङको तर्फबाट समाजलाई ११ सय पाउन्ड सहयोगस्वरुप प्रदान गरेका थिए । त्यस्तै, उनीहरुले सो कफी मर्निङ्गको समेत प्रायोजन गरेका थिए । सो अवसरमा संस्था अध्यक्ष हिराप्रसाद गुरुङले आफ्नो व्यक्तिगत तथा संस्थाको तर्फबाट धन्यवाद दिए ।
त्यस्तै, बेलायत भ्रमणमा रहेका संस्थाका सहसचिव चन्द्रदेवी गुरुङकी बाबा जमदार ओमबहादुर गुरुङ तथा आमा जैशुभा गुरुङ र कार्यक्रममा संस्थाको हालै आजीवन सदस्य बनेका बिसन लामा तथा लक्ष्मी गुरुङ, हालै प्लमस्टिड स्टेशनमा सनसाइन ब्यूटी पार्लर स्थापना गरेकी संगीता गुरुङलाई तमुधिं यूके अध्यक्ष नन्दजङ्ग गुरुङ तथा साउथ ईष्ट रिजनल अध्यक्ष हिराप्रसाद गुरुङले खादा लगाई स्वागत तथा बधाई दिएका थिए । सोही क्रममा आमा प्रमुख पार्वती गुरुङले फूलको गुच्छाले स्वागत गरेकी सहसचिव चन्द्रदेवी गुरुङले जानकारी गराइन् ।






