बेलायतमा पहिलोपटक महिलाले छेलो फाले

SHARE:

प्रकाश गुरुङ
अल्डरसट । पञ्चासे हर्पनडाँडा समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

गत शनिबार ८ जूनका दिन अल्डरउड लेजर सेन्टर, अल्डरसटमा आयोजित भेटघाट कार्यक्रममा महिलाहरुले पनि छेलो फालेर नयाँ अनुभव लिएका थिए । गुरुङहरुको परम्परालाई बेलायतमा जीवित राख्न समाजले पहिलोपटक छेलो फाल्ने कार्यक्रम आयोजना गरेको आयोजकले बताएको छ । पुरुषतर्फ सञ्जय गुरुङ र महिलातर्फ विमला गुरुङ प्रथम भएका थिए । फेटा, पुष्पगुच्छा, खादा, अबिर अनि नगद ५० र ३० पाउन्डसहित दुवैलाई बधाई दिइएको थियो ।
अध्यक्ष डमरकाजी गुरुङ र ९२ वर्षीया सिङ्गबहादुर गुरुङद्वयबाट दीप प्रज्ज्वलन गरी कार्यक्रम सुरु गरिएको थियो । २ सयको हराहरीमा उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष देउकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
एनआरएनए यूकेका अध्यक्ष पदका उम्मेदवार पुनम गुरुङले समाजका सबैलाई सदस्यता लिई जसरी उपाध्यक्ष चुनावमा बहुमतले जिताए, त्यसरीनै जिताइदिनुहुन अनुरोध गरिन् ।

त्यस्तै बुद्धिष्ट गुम्बाले गर्न लागेको बृहत् कार्यक्रममा आनी छोइङ डोल्माको समेत सहभागिता रहने हुँदा सबैलाई भाग लिइदिन मेजर बुद्धि गुरुङले आग्रह गरे । अध्यक्ष गुरुङले समाजद्वारा गरिएका कामहरुको संक्षिप्त वर्णन गरेका थिए र सबैलाई धन्यवाद दिएका थिए । उच्च शिक्षा हासिल गरेकाहरुलाई अध्यक्षले खादा लगाई बधाई दिएका थिए । जसमा रोशनी गुरुङ अक्सफोर्ड ब्रुक्स र चुकुबा युनी जापानबाट जापनिज ल्याङ्गोएजर ईङ्लिस ल्याङगोएज एण्ड कम्युनिकेसनमा ग्रेज्युएट, रोशीना गुरुङ लन्डन मेट्रोपोटिएन युनीबाट एकान्टिङ एण्ड फाइनन्समा ग्रेज्युएट, सुजता गुरुङ अक्सफोर्ड ब्रुक्स युनीबाट नर्सिङमा ग्रेज्युएट, मनिता गुरुङ किङ्गस कलेज लन्डनबाट ब्यङ्किङ एण्ड फाइनन्समा मास्टर्स विथ डिस्टिङ्सन थिए ।
नवदम्पत्तीहरु सविना, पूजा डा. उमेश, रोजीना, डा. राजिव, प्रतिज्ञा गुरुङलाई पनि बधाई दिएको थियो । हङकङ मञ्च यूकेका अध्यक्ष र साउथईष्ट रेजिनल तमुधिं लन्डनका उपध्यक्ष योगेश गुरुङलाई पनि सफल कार्यकालका लागि बधाई दिइयो । कल र सार्जन्टमा प्रमोसन भएका निलबहादुर गुरुङलाई बधाई दिए ।

समाजको कोषलाई सहयोगार्थ २ हजार १६२ पाउन्ड मनकारी व्यक्तिहरुबाट प्राप्त भएको थियो । त्यस्तै राफलका पुरस्कार १ तोला, आधा तोला र १५० पाउन्ड पनि डमरकाजी गुरुङ, मेरि बुद्धि गुरुङबाट क्रमशः प्राप्त भएको थियो । नेपालमा सहिद अक्षय कोषका लागि १ हजार २३१ पाउन्ड प्राप्त भयो ।

अक्षयकोषका लागि सहयोग गर्नेहरुमा वीरबहादुर गुरुङ ५३० पाउन्ड, बुद्धिकुमारी घले २०५ पाउन्ड, द्रोपती गुरुङ १०५ पाउन्ड, लक्ष्मी गुरुङ १०५ पाउन्ड, मीनकुमारी गुरुङ १०५ पाउन्ड, निकिता गुरुङ १५१ पाउन्ड र जोगकुमारी गुरुङ ३० पाउन्ड थिए । राफल ड्र को टिकटबाट ७९५ पाउन्ड प्राप्त भयो । समाज चलाउनका लागि भिजन र पैसाको जरुरी अवश्य हुन्छ । यी दुवै कुराहरु भएको प्रमाणित भएको देखिन्छ ।

सांस्कृतिक सचिव खुशीमान गुरुङले धेरै सुन्दर नाचहरुको प्रस्तुति दिएका थिए । दिल गुरुङ र गोपी गुरुले साउन्ड सिस्टममा मद्दत पुराएका थिए । सबैभन्दा ब्यस्त र कठिन काम कोषाध्यक्ष रबि गुरुङको रह्यो । यस पटकको विशेषता भित्र खानाको परिकार अवश्य पर्‍यो । धेरैले प्रशंसा गरेका थिए ।

डा. सचिन गुरुङले सदाका झैं यसपाली पनि मसिना नानीहरुलाई नौलो चाखलाग्दो खालको खेल खेलाएर उत्कृष्टहरुलाई पुरस्कार पनि आफैंले बन्दोबस्त गरेका थिए । वार्षिक भेटघाट कार्यक्रमलाई स्पोन्सर गर्नेहरुमा प्रकाश गुरुङ १५०, देउकाजी गुरुङ ११०, रबि गुरुङ १००, दिल गुरुङ पीए सिस्टम, मोन गुरुङ ५०, राम गुरुङ २००, याम गुरुङ १३०, किरण गुरुङ १००, तेजु गुरुङ १००, रुद्रमान गुरुङ १००, जगन गुरुङ १००, मेजर देब गुरुङ १२०, निर गुरुङ १००,देबी कुमारी गुरुङ १०५ थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!