रोशन मेवाहाङ्ग
लन्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणका पहिलोपटक ब्रिगेड अफ गोर्खाज् भ्रमण गरेका छन् । ओलीलाई व्रिगेड अफ गोर्खाजको प्रमुख मुख्यालय रोयल मिलिटेरी एकेडेमी स्यान्ड्समा आयोजना गरिएको विशेष कार्यक्रममा रक्षामन्त्री मार्क लान्कास्टरले माल्यार्पण गर्दै स्वागत गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीलाई गोर्खा सैनिकहरुले राष्ट्रिय गानको धुनसहित ‘गार्ड अफ अनर’ प्रदान गरेका थिए । समारोहमा ओलीले गोर्खा सैनिकहरुको कवाज सकेलगत्तै उनीहरुलाई निरीक्षण गरिरहँदा अतिथि सम्मानस्वरुप ब्रिगेड अफ व्यान्डले नेपाली चलचित्र ‘लाहुरे’ को चर्चित गीत ‘विरताको चिनो, वीरको सन्तान’ मधुर धुन प्रस्तुति दिएका थिए । बेलायती गोर्खा सैनिकहरुका कार्यप्रति सधैं बफादार र इमान्दार रहिरहन आग्रह गर्दैै प्रधानमन्त्री ओलीले उनीहरुका परिवारसँग पनि औपचारिक भेटघाटका साथ दिवाभोज गरेका थिए । मन्त्री ओलीले भने, ‘अंग्रेज सेनाले बन्दुकको नाल दूश्मनलाई तेस्र्राउँदा टेरेनन् तर गोर्खा सैनिकले यसो के खुकुरी मात्र देखाइदिएका थिए दूश्मनहरु कुलेलम ठोके ।’
प्रधानमन्त्री ओली र समकक्षी बेलायतकी प्रधानमन्त्री टेरेजा मेसँग नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुनरावलोकनको प्रस्ताव राख्ने जानकारी दिएका थिए ।






