भट्टराईद्वारा एनआरएनए यूके महासचिवमा उम्मेदवारी घोषणा

SHARE:

एटा संवाददाता
लन्डन । एनआरएनए यूकेको महासचिव पदमा फडिन्द्र भट्टराईले उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गत आइतबार १६ जुनका दिन लन्डनको चाल्र्टनस्थित चाल्टर्न एसेम्ली रुममा एक घोषणासभा आयोजना गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

यसअघि एनआरएनए यूकेमा कार्यसमिति सदस्य र सचिव गरी दुई कार्यकाल काम गरिसकेका भट्टराईले नवौं कार्यसमितिको महासचिवमा उम्मेदवारी दिन लागेका हुन् । भट्टराई अहिले एनआरएनए आईसीसीको केन्द्रीय भाषा तथा साहित्य र मिडिया विभागको सदस्य छन् । उनी नेपाल पत्रकार महासंघ बेलायतको सल्लाहकार र सेतोपाटी अनलाइन पोर्टलका युरोप संयोजक पनि हुन् । आफ्नी आमा, एनआरएन अभियन्ताहरु र बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका प्रतिनिधि साक्षी राखेर आफ्नो उम्मेदवारी घोषणा गरेका भट्टराईलाई शुभकामना दिन लन्डनसहित आसपास र मिडल्यान्डबाट आउनेहरु समेत थिए ।

११ बुँदे प्रतिबद्धतासहित प्रस्तुत भएका भट्टराईले एनआरएनए अभियानमा आफ्नो अनुभव र ज्ञानलाई अझ उपल्लो स्तरबाट संस्थाका लागि योगदान गर्ने आकांक्षा राखेको बताए । संस्थालाई संगठनात्मक रुपमा बलियो र व्यवस्थित बनाउने एवं अध्यक्षको नीति तथा कार्यक्रमअनुसार संस्थाको विकास, सुधार र अभियान सफलताका लागि इमान्दारीपूर्वक र प्रतिबद्ध रुपमा काम गर्ने अठोटसमेत व्यक्त गरे । उनले ‘एनआरएनए यूकेको विधानले तोकेको काम, कर्तव्य र अधिकारमा निहीत रहेर संस्थाको विधिविधान पालना गर्दै संगठनको विकासमा मेरो विवेक र क्षमताले भ्याएसम्म काम गर्नेछु’, भने ।

घोषणासभामा एनआरएन युरोप महिला उपसंयोजक संगीता मरहट्ठा, आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएन यूके पूर्वअध्यक्ष महेन्द्र कँडेल, एनआरएन यूके उपाध्यक्षद्वय पुनम गुरुङ र ललित न्यौपाने, आईएनएस यूके अध्यक्ष ले चन्द्र गुरुङ, मिडल्यान्डका एनआरएन अभियन्ताहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, रणबहादुर केसी र विष्णु चालिसे, तमुधिं यूके संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र पूर्वअध्यक्ष सूर्जे (रामचन्द्र) गुरुङले भट्टराईलाई शुभकामना दिए ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, तमुधिं साउथ ईस्ट पूर्वअध्यक्ष श्रीचन्द्र गुरुङ, एनआरएन आइसीसी पूर्वसदस्य विनोद ज्ञवाली, चाल्र्टन नेपाली समाज यूके अध्यक्ष कृष्ण खरेल, रोयल ग्रीनवीच नेपाली सोसाइटी अध्यक्ष हरिगोविन्द गुरुङ, गुल्मी जिल्ला समाज यूके अध्यक्ष टोप पल्ली र संस्थापक अध्यक्ष ओमप्रसाद थापा, बुद्ध फाउन्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठ, एनआरएन यूके पूर्वमहासचिव कर्ण शाही, नेकपा बेलायतका नेताहरु दिनेश घिमिरे र सुरेश गौतम, साहित्य चौतारी यूके संयोजक वासु शर्मा, पासा पुचस् यूके पूर्वअध्यक्ष कुमार श्रेष्ठ, डार्टफोर्ड नेपाली समाज यूके अध्यक्ष दीपक थापा र पासा पुच साउथ ईस्ट अध्यक्ष सुशील प्रजापति लगायतले पनि भट्टराईलाई सफलताको शुभकामना दिए । वक्ताहरुले भट्टराई सालिन, बौद्धिक, अनुभवी र इमान्दार व्यक्तित्व भएको भन्दै उनको जीतले एनआरएनए यूकेको गरिमा अझ उँचो हुने विश्वास व्यक्त गरेका थिए । यसपटक एनआरएन यूकेको महासचिव पदका लागि अहिलेसम्म भट्टराई बाहेकले उम्मेदवारी सार्वजनिक गरेका छैनन् ।

उनको प्रतिबद्धतामा एनआरएनएको सदस्यहरुले आफ्नो परिचयपत्र समेत प्राप्त गर्न नसकिरहेको परिप्रेक्ष्यमा एनआरएनए यूकेको सदस्यता व्यवस्थापन र वितरण प्रणालीलाई प्रभावकारी बनाउन प्रयत्नशील रहने, एनआरएनए यूकेको समग्र क्रियाकलापहरुको कुशल संयोजनमा भूमिका खेल्ने, एनआरएनए यूकेले आयोजना गर्ने सभा, सम्मेलन, सेमिनार, गोष्ठी लगायतका कार्यक्रमको चुस्त, दुरुस्त र प्रभावकारी सञ्चालन गर्ने, कार्यक्रममा हुने, देखिने लामो र अनावश्यक खादा, माला र भाषण प्रवृत्तिलाई न्यूनीकरणको प्रयास गर्ने, बैठक, सभा सम्मेलनका निर्णयहरुलाई कुशल अभिलेखीकरण गर्दै यसको सूचना सम्पूर्ण सदस्यसामु पुर्‍याउने, एनआरएनए यूकेको कार्यसमितिले निर्दिष्ट गरेको नीति तथा कार्यक्रमहरु उपयुक्त संयन्त्रमार्फत आम जनसमुदाय समक्ष सूचना प्रवाह गर्ने र गराउने, एनआरएनए यूकेको विधानअनुरुप गठित विभिन्न क्षेत्रीय समितीहरुसँग समन्वय गर्दै उपयुक्त सल्लाह, सुझाव र निर्देशनमा प्रभावकारी भूमिका खेल्ने, विभिन्न विभागका क्रियाकलाप तथा प्रगति विवरण छलफलमा ल्याउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा भूमिका खेल्ने, एनआरएनए यूकेले तय गरेको नीति था योजनाहरुलाई सार्वजनिक छलफलमा ल्याउँदै आवश्यक सल्लाह, सुझावसहित संकलन गर्ने गरी सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, सभा सम्मेलनहरुमा देखिने अनुशासनहिनता र उदण्डतालाई निस्तेज गर्दै विधि विधान र संस्थागत प्रक्रियाहरुलाई अनुशरण गर्ने गराउने, कार्यक्रम तथा बैठकहरुको कुशल समन्वय गर्दै कोषाध्यक्ष तथा कार्यसमितिको सल्लाह र निर्देशनमा शान्त, सौम्य र स्तरीय कार्यक्रमहरु पस्किने, एनआरएनए यूकेको तर्फबाट अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा आवश्यकताको बखत नेपाल सरकारक निकायहरुसँग समन्वय गर्दै नागरिकता तथा लगानीजस्ता दुरगामी महत्व र चासोका सवालमा भूमिका खेल्ने जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!