युवा संयोजक, एनआरएनए यूके
जन्मभूमि नेपालमा करिब सात महिनाको बसाइँपछि एनआरएनए यूकेका युवा संयोजक एलबीजेड गुरुङ केही हप्ताअघि मात्रै बेलायत फर्किएका छन् । यस पटकको नेपाल बसाइ उनको लागि अविष्मरणीय त बन्यो नै स्वदेशमा फरक म्यासेज दिन सफल भए । ७ सय कोल्मा बाहकोटमा जन्मिएका एलबीजेडले आफ्नो गाउँठाउँमा क्रस कन्ट्री दौड प्रतियोगिता गरी ऐतिहासिक काम गरेका छन् । एनआरएनए यूकेको युवा संयोजकको रुपमा क्रस कन्ट्री दौड प्रतियोगिता गरेको बताउने गुरुङको दुई वर्षे कार्यकाल पनि सिद्धिन लागेको छ । उनै समाजसेवामा सक्रिय युवा एलबीजेड गुरुङसँग क्रस कन्ट्री दौड, नेपाल बसाई र आगामी योजनाबारे गरिएको कुराकानी ।
७ महिना नेपाल बसेर कोल्मा बहाकोट क्रस कन्ट्री दौड प्रतियोगिता सकाउनु भयो । सो प्रतियोगिताबाहेकका काम पनि गर्नुभयो नेपालमा ?
खासमा म दसैंताका नेपाल पुगेको थिएँ । केही साथीहरु भेटेँ । उहाँहरुसँग बसेर छलफल गर्नेक्रममा विचार मिल्यो । जसबाट क्रस कन्ट्री दौडको कन्सेप्ट जन्मियो । त्यसको पछि हिँड्यौं । बीचमा मिर्गौलापीडित र अन्य समस्या भएकाहरुलाई मद्दत गर्ने मौका मिल्यो । त्यस कारणले अहिलेको बसाइँ ठीकै भयो ।
सम्भवतः यो निकै लामो बसाइँ भयो ?
सात महिना नेपाल बस्न पाएँ । बस्ने क्रममा केही सिक्ने मन थियो केही देख्ने इच्छा पनि थियो । केही काम गाउँठाउँबाट नै गरौं भन्ने थियो । राम्रो भयो ।
क्रस कन्ट्री दौड प्रतियोगिता के उद्देश्यले गर्नुभयो ?
अहिले दिनप्रतिदिन गाउँहरु शून्य भइरहेको अवस्था छ । नेपाल सरकारले पनि २०२० र गण्डकी प्रदेश सरकारले २०२२ मा २० लाख पर्यटक भित्र्याउने योजना बनाएका छन् । त्यो कार्यक्रममा पनि सहयोग पुग्छ भन्ने हाम्रो ठूलो अपेक्षा थियो । अहिले पोखरामा खुट्टा टेक्ने ठाउँ छैन । एकदमै गाह्रो छ । त्यसकारणले सरकारले होम स्टेको योजना पनि अघि सारेको छ । त्यो कुरामा उहाँहरुले एकदमै चासो देखाउनु हुन्छ । प्रयास गरिराख्नु भएको छ । त्यसको सहयोगका लागि हामीले क्रस कन्ट्री दौडको कन्सेप्ट तयार पारेका हौं ।
क्रस कन्ट्रीबारेमा बुझिने गरी भनिदिनोस् न ?
म्याराथन भनेको एउटा प्लेनमा दौडने हो । क्रस कन्ट्री भनेको हाम्रा एउटा गाउँदेखि अर्को गाउँ क्रस–क्रस गरेर जाने । त्यतिखेर मैले भनेको पनि थिएँ यो क्रस कन्ट्री दौडले मान्छेहरुको गाउँठाउँलाई मात्र जोडेको छैन । जेनेरेसन ग्यापलाई पनि जोडेको छ । मान्छेका विचार, भावनालाई जोडेको छ । गाउँठाउँका केही न केही उजागर गरेको छ भन्दा साथीहरु हाँस्दै हुनुहुन्थ्यो । सुरु सुरुमा हामी क्रस कन्ट्रीको कन्सेप्ट लिएर गाउँ जाँदा स्थानीयले पत्याएका थिएनन् । किन यस्तो गरेको होला, पैसा बढी भएर होला भन्दै हुनुुहुन्थ्यो । हामीले रिझाउने प्रयास धेरै गर्यौं । पछाडि हामी जिल्लातिर फर्कियौं, प्रदेश, केन्द्र गयौं । हाम्रो प्रचारप्रसार शैली डेबाइडे बढाउँदै–बढाउँदै लग्यौं । निकै राम्रो भयो । देशका मान्छेले कुना कुनाबाट भाग लिइदिनुभयो । प्रमोसनका लागि धेरै मान्छेहरु आउनुभयो । सिनेकर्मी, गायक, गायिकाहरुले प्रचारका लागि धेरै मद्दत गरिदिनुभयो ।

कार्यक्रम एनआरएनए यूकेको युवा संयोजकको हिसाबले गर्नुभयो कि ?
एनआरएनए यूकेको युवा संयोजकको हैसियतले नै मैले कार्यक्रम गरेको हुँ । मेरो कार्यावधिभित्र सम्पन्न गर्नुपर्ने कार्यहरु यूकैमै महिला सशक्तिकरणका लागि आवाज बुलन्द गरेँ । त्यो भन्दा अगाडि त्यस्तो अन्तत्र्रिmया नै भएको थिएन होला । नागरिक, भूपू गोर्खाहरुको मुद्दा भयो । त्यस्तो अन्तक्र्रिया पहिले पहिले थिएन । अहिले छाप बसिसकेको छ । अरुले पनि अहिले अन्तक्रिया भनेर आयोजना गरिरहेका छन् । आफूले सुरुआत गर्दैगर्दा अरुले पनि कपि पेस्ट गर्दा राम्रै लाग्छ । पब्लिकमा राम्रो म्यासेज गएको छ ।
कार्यक्रममा नेपालका पत्रकार, कलाकार पनि बोलाउनुभयो नि ?
धेरैले चिन्ने दिलभूषण पाठक, बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, एनआरएन आईसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी, विभिन्न पार्टीका नेताहरु सहभागी हुनुुहुन्थ्यो । यस्तो विषयमा उहाँहरुलाई एउटै ठाउँमा राखेर कार्यक्रम गरेका थियौं । त्यसले पनि मान्छेहरुमा राम्रै म्यासेज दिएको थियो ।
एनआरएनहरुले विदेमा सिकेको सीप नेपालमा लानुपर्छ भन्ने नारालाई पछ्टयाउँदै क्रस कन्ट्री आयोजना गर्नुभएको हो ?
मैले सोचेको, मनमा धेरै लागेको थियो, आपूm जन्मेको, हुर्केको ठाउँमा कुनै प्रकारका काम गरौं । नेपालमा पुगेको बेला कुराकानी भइरह्यो । मेरो मनजस्तै उहाँहरुको मन मिल्यो । त्यसपछि क्रस कन्ट्रीको जन्म, कार्यक्रम सुरुआत भयो ।
निरन्तरता दिने, नदिने के कुरा छ ?
निरन्तरता दिने सोच छ । सबैले कार्यक्रममा सहयोग, मद्दत दिनुभयो । एकअर्कामा हार्दिकता प्रदान, शुभेच्छा आदानप्रदान गरिदिनुभयो । यसले पनि हौसला थपेको छ । यसले पनि जीवनमा केही गर्नुपर्छ भन्ने म मात्रै नभएर सबैलाई सात सय ५१ स्थानीय तहमा बस्ने नेपाली दाजुभाइ, दिदीबहिनीलाई इन्करेजमेन्ट भएको छ । काम गरेपछि हुँदोरहेछ, काम गर्नुपर्दोरहेछ भन्ने नेताहरुलाई परेको छ ।
एनआरएनए यूकेको विभिन्न कार्यक्रममा आर्थिक घाटा हुन्छ भनिन्छ । तपाईले आयोजना गर्ने अन्तक्र्रिया, च्यारिटी कार्यक्रमको अवस्था कस्तो रह्यो ?
क्रस कन्ट्री दौड आयोजना गर्दैगर्दा स्थानीय मान्छेहरुले धेरै सहयोग गर्नुभयो । यतै बसोबास गर्नुहुने कोल्मा बहाकोट समाजका अध्यक्षज्यू, संयोजक क्या.डोलबहादुर गुरुङज्यूले सहयोग गर्नुभएको थियो । जापान, अमेरिका, अस्टे«लियातिर बस्ने कोल्मा बहाकोट समाजका दाजुभाइ, दिदीबिहिनीहरुले सहयोग गर्नुभयो । आगामी वर्षहरुमा पनि गर्दै जानुस् । राम्रो गर्नुस्, सपोर्ट हुँदै जानेछ भन्नु भएको छ ।
भनेपछि एनआरएनए यूकेको ढुकुटीबाट खर्च भएन ?
भएन, थिएन । एनआरएनए यूकेले कार्यक्रम गर्छ । हाम्रा कमिटीका लिडरहरुले चासोका साथ लिइदिनुपर्छ । कुनै पनि कार्यक्रम हाम्रा मान्छेहरुलाई म्यासेज दिने खालकै हुन्छ । केही नयाँ कुराहरु हुन सक्छ । त्यही भएर उहाँहरु गइदिनुपर्छ । समय, मौका र फुर्सद मिलेसम्म, मिलाएर पनि एनआरएनए यूकेले गर्ने कार्यक्रममा भइदिनुभएमा एकदमै राम्रो हुन्छ जस्तो लाग्छ ।
क्रस कन्ट्री कति दूरीको थियो, कति समय र पुरस्कारको व्यवस्था कस्तो गर्नुभएको थियो ?
क्रस कन्ट्रीमा अन्डर ट्वान्टीको थियो । पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कार व्यवस्था थियो । अन्डर २१ अनि त्यो भन्दा माथिकालाई फस्ट, सेकेन्ड थर्ड । १० सम्मलाई पुरस्कार दियौं । हामीले पहिलो पुरस्कार अन्डर २१ को २०, १५ र १० हजार थियो । प्रोफेसनलहरुको ८० हजार, ५० हजार, ४० हजार थियो ।
गाउँ ठाउँमा कार्यक्रम गर्दैगर्दा यो पहिलोपटक ऐतिहासिक बनेको छ । ४६ हजारको साउन्ड सिस्टम लगेका थियौं । कुर्सी ५ हजारभन्दा बढी राखेका थियौं । एनआरएनएले खत्रा कार्यक्रम गर्दारहेछ भन्ने म्यासेज हामीले गाउँठाउँमा दिएका छौं ।
कति दूरीको थियो ?
१४ किलोमिटर थियो । १४ किलोमिटरमा ६, ७ वटा गाउँ क्रस गर्नुपथ्र्यो । खोलानाला जंगल सारा पार गर्नुपर्यो । प्रोफेसनललाई २७ किलोमिटर थियो खोलानाला, जंगल पार गर्दै गाउँ आउनुपथ्र्यो । दुई वटा जीपमा दुई दुई डाक्टर, ४ जना नर्स र १५ वटा मोटरसाइकल सबै पछाडि थियो ।
कति जनाले भाग लिए ?
१ सय ४७ जनाले भाग लिएका थिए ।
बालबालिका पनि थियो ?
गाउँको बाटो अप्ठेरो भएकोले हाइस्कुल पढ्नेहरु थिए १६ वर्षभन्दा माथिका । प्रतियोगितामा पुरुषमात्रै भएकोले अलि कम्प्लेन आयो । अर्को वर्ष महिलाहरुलाई पनि सहभागी गराउने योजना छ ।
एनआरएनए यूके चुनावले तातेको छ, आगामी आठौं कार्यसमितिमा कुनै पदमा उठ्ने विचार छ ?
दायाँबायाँका साथीहरुले अपेक्षा धेरै गर्नुभएको छ । आजभोलि तयार भइसकेको छैन । केही समयमा मेरो तयारी के कस्तो हुन्छ हेरौं । मैले निर्णय गरिसकेको छैन किनकि भर्खरै मात्र नेपालबाट आएको छु । म एनआरएनएमा आउँदै गर्दा मैले प्रतिबद्धता जनाएको छु । के काम दिएको छ त्यो काम गरेको छु । आशा छ, जो युवा संयोजकमा आउँछ, त्यो राम्रो गर्दै जानुहुनेछ ।
कलेज लेभलका युवा भाइबहिनी एनआरएनएभित्र आएका छैनन् ?
पहिले पहिलेको समयमा होला । अहिले त्यस्तो छैन । अहिले युवा आकर्षण बढ्दैछ । अल्डरसट, रेडिङ लगायत क्षेत्रबाट युवाहरु जागिरहेका छन् । युवा जागरण एकदमै लागेको मलाई लागिरहेको छ ।
एनआरएनए यूकेले जति पनि काम गर्नुपथ्र्याे, जुन जुन मुद्दा उठाउनुपथ्र्याे त्यो आफ्नो काम गरिरहेको होला । तर, प्रभावकारी काम गर्न सकेन भन्ने जनगुनासो सुनिन्छ । तपाईंले कसरी लिनुभएको छ ।
एनआरएनए यूकेको समितिमा काम गर्नेहरुको आप्mनै शैली छ । एनआरएनए यूकेले अन्तत्र्रिmया कार्यक्रम गर्छ, त्यसमा त्यत्ति सहभागी हुँदैनन् । नआइपुगेपछि त्यो कुरा उहाँहरुलाई थाहा भएन । कम्युनिटी लिडरहरु आइदिनु पर्यो । समाजमा त्यही ढंगले म्यासेज दिनुपर्यो । यस्तो खालको कुरामा ग्याप भयो ।
जातीय संघ संस्थाहरुमा मान्छेहरुको उपस्थिति बाक्लो देखिन्छ तर ठूलो र महत्वपूर्ण कार्यक्रम भए पनि एनआरएनएकोमा कम उपस्थिति हुनुको कारण के होला ?
हेर्दै जाँदा पहिले पहिलेको तुलानामा यो धेरै प्रगति छ । एकदमै आशा गरौं । हुँदै जानेछ । यो कार्यसमितिले काम गर्दै गर्दा यो स्टेजसम्म आइपुग्यो । अर्को आएर अलि माथि पुर्याउला ।
अन्त्यमा केही भन्नुहुन्छ ?
एनआरएनए यूकेलाई चुनावले छोएको छ । तपाईको मत, तपाईंको अधिकार, कसलाई राम्रो लाग्छ । मत एकदम सुरक्षाको साथमा दिनुस् । मेम्बरसीप लिनुपर्यो । एनआरएनएमा जोडिनुस् । सहयोग गर्नुस् ।






