प्रधानमन्त्री राहत कोषका लागि मगर संघ युकेद्वारा २० लाख रुपैयाँ हस्तान्तरण

SHARE:

१९ नोभेम्बर २०२६ बेलायत । १९ नोभेम्बर २०२६ बेलायत । मगर संघ युकेको सांस्कृतिक सचिब रुक आले मगरको टोलीले प्रधानमन्त्री राहत कोषका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

आज एक विशेष कार्यक्रमका बीच मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, सांस्कृतिक सहसचिब रुक आले, ट्रष्टी सदस्य मान बहादुर राना, आजीवन सदस्य केश बहादुर आले सम्मिलित टोलीले अर्थमन्त्री स्वर्णिम वाग्ले तथा उहाँका सचिवलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

राहत तथा उद्धार कार्यमा सरकारको प्रयासलाई सघाउने उद्देश्यले प्रवासमा रहेका नेपालीहरूको तर्फबाट उक्त सहयोग रकम प्रदान गरिएको टोलीले जनाएको छ। सहयोग रकम बुझ्दै अर्थमन्त्री वाग्लेले प्रवासी नेपालीहरूले विपद्को समयमा देखाएको सद्भाव र सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!