इमान राना मगर – नेपाल ।
बिहिबार १८ नोभेम्बर २०२६ ।“हामी समृद्ध, हाम्रो समुदाय समृद्ध, हाम्रो देश समृद्ध” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको ‘मिग एलिट’ को ६१ औँ शृङ्खलामा पत्रकार, साहित्यकार तथा समाजसेवी डा. दुत पुन मगर (चिमखोले काइँला) ले आफ्नो जीवन भोगाइ र अनुभव प्रस्तुत गर्ने भएका छन्।
‘आइडियाज, इम्प्याक्ट, इन्फ्लुएन्स’ (Ideas, Impact, Influence) अवधारणामा आधारित उक्त कार्यक्रममा पूर्व बेलायती सैनिक समेत रहेका डा. पुनले “भैसीगोठ देखि बेलायती सेना र विद्यावारिधीसम्म: एक अनुभव” विषयमा आफ्ना प्रेरक विचारहरू राख्नेछन्।
जुम प्रविधिमार्फत भर्चुअल रूपमा आयोजना हुने यो कार्यक्रम आगामी २०८३ साल साउन ४ गते शुक्रबार ठीक बेलुकी ८:१५ बजे सुरु हुनेछ।
कार्यक्रममा सहभागी हुनका लागि Zoom Meeting ID: 8451829410 र Passcode: 123456 तय गरिएको छ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि इमान राना मगरलाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।






