नेपाली जनसम्पर्क समिति बेलायतको छैटौँ अधिवेशन नोभेम्बर २२ मा हुँदै

SHARE:

लन्डन । शेरबहादुर देउवा समूह निकट नेपाली जनसम्पर्क समिति बेलायतको छैटौँ अधिवेशन यही नोभेम्बर २२ तारिख आइतबार हुने भएको छ।

समितिका सभापति युवराज गुरुङका अनुसार अधिवेशन दिउँसो १२ बजे साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा आयोजना हुनेछ। अधिवेशनमा अतिथिका रूपमा उपस्थित हुन बेलायतस्थित विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सरोकारवालालाई समितिले निमन्त्रणा गरेको छ।

समितिले अधिवेशनलाई सफल बनाउन सञ्चारकर्मीहरूलाई कार्यक्रममा उपस्थित भई समाचार संकलन तथा सम्प्रेषण गरिदिनसमेत अनुरोध गरेको छ। जनसम्पर्क समिति बेलायतको अधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समिति संयोजक शशांक कोइरालाले युवराज गुरुङलाई पत्र पठाउँदै जिम्मेवारी दिएका छन् । कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा मंसिर २१ देखि २३ सम्म हुने तय भएको छ ।

गगनकुमार थापा पक्षको नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनले सभापतिमा हितकाजी गुरुङलाई चयन गरिसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!