पत्रकार लामामाथिको आक्रमण प्रयासप्रति तामाङ पत्रकार संघको ध्यानाकर्षण

SHARE:

काठमाडौं । गोरखापत्र दैनिकमा कार्यरत पत्रकार एवं यस संस्थाका पूर्वसचिव शान्ति लामामाथि शनिबार बिहान समाचार संकलनको क्रममा एक समूहबाट भएको दुर्व्यवहार एवं आक्रमण प्रयासप्रति तामाङ पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित भत्केको पाटी जाखामा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी समाचार संकलन गर्ने क्रममा उनीमाथि दुर्व्यवहार भएको थियो । सानु धिमालले सार्वजनिक कुवा, गोरेटो बाटो र खानेपानीको लाइन मिचेर घर बनाएको सूचना स्थानीयबासीबाट पाएपछि पत्रकार लामा स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुगेका थिए । शनिबार बिहान स्थानीयबासीको एक समूहले धिमालले ढलान गरिसकेको घरको केही भाग भत्काउँदै गरेको तस्बिर खिच्दै गर्दा पत्रकार लामाले तस्बिर खिच्न प्रयोग गरेको मोबाइल जबर्जस्ती खोसिएको तथा भौतिक आक्रमण गर्ने उद्देश्यले लछारपछार गरिएको घट्नाप्रति संघ घोर भर्त्सना गर्दछ । पत्रकारको परिचयपत्र देखाउँदासमेत ‘यो भूमाफियाको मान्छे’ भन्दै उक्त समूहबाट लामामाथि आक्रमण प्रयास हुनु निन्दनीय छ, स‌ंघका महासचिव बुद्ध योञ्जन लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लामो समयदेखि कीर्तिपुर क्षेत्रको सम्पदा, परम्परागत कला, संस्कृतिको संरक्षण एवं संवद्र्धनका लागि कलम चलाउँदै आएका पत्रकार लामाप्रति भएको उक्त दुर्व्यवहार कुनै पनि पत्रकारले स्वतन्त्र रुपमा समाचार संकलन पाउने कानुनी अधिकार एवं प्रेस स्वतन्त्रताको मर्मविपरीत भएको ठहरिन्छ । त्यसैले, उक्त घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न र स्वतन्त्र रुपमा बिनाअवरोध समाचार संकलन गर्न पाउने अधिकार सुनिश्चिततासहित सबै पत्रकारका लागि सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गर्दछौं । साथै, समाचार संकलनका क्रममा पत्रकार लामामाथि भएको दुर्व्यवहारमा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउन आवश्यक पहल गरिदिनका लागि नेपाल पत्रकार महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)लगायत पत्रकारसम्बद्ध सम्पूर्ण संघसंस्थासमक्ष अपिल गर्दछौं, विज्ञप्तिमा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!