दुवै मृगौला फेल भएर उपचारर्थ पूर्व जनमुक्ति सेना बुद्ध थामीद्धारा उपचारमा सहयोगको लागि याचना

SHARE:

काठमाडौं । दुवै मिर्गौला काम नलाग्ने भएर केही महिनायतादेखि काठमाडौंस्थित ग्रिनसिटि अस्पतालमा उपचारत सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं.५ (साविक वडा नं.४) बस्ने वर्ष ३६ को पूर्व जनमुक्ति सेना बुद्ध थामीको परिवारले उनको उपचारमा सहयोगको लागि याचना गरेको छ ।

शनिबार पूर्व जनमुक्ति सेना बुद्ध थामी बचाउ अभियानले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा पीडित परिवारले उपचारमा सहयोगको लागि यस्तो याचना गरेको हो । वि.संं. २०५५ सालदेखि जनयुद्धमा होमिएका थामी परिवर्तनको योद्धा रहेको परिवारको भनाई छ । परिवारका अनुसार बुद्ध थामीलाई आज बज्रपात परेको छ । यसको लागिसबै न्यायप्रेमी र सहयोगी मनहरु एकजुट हुन आवश्यक रहेको पनि परिवारको आग्रह छ ।

बुद्ध थामीको परिवारले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘हामीले परिवर्तनका लागि आफ्नो ज्यान बाजी लगाएर हिडेको योद्धाहरुको अन्त्यपछि सस्तो सम्मान प्रदान गर्नुभन्दा पनि हाम्रै अगाडि निभ्न लागिरहेको यस्ता परिवर्तनको दियोहरुलाई बचाउनु हामी सबैको कर्तव्य हो भन्ने आशयले पनि यो कार्यक्रम आयोजना गरिएको छ ।’

कार्यक्रममा पीडित बुद्ध थामीले आफूलाई बचाउनको लागि सरकारले सहयोग गर्नुपर्ने बताए । उनले भने,‘म बाँच्ना चाहन्छु, बाँचेर देशको अझैपनि सेवा गर्न चाहन्छु ।’

बुद्ध थामी बिरामी भएपछि कतिखेर मर्ला भन्ने भएर घरबेटीहरुले पनि कहीँकतै कोठा दिन नमानिरहेको परिवारको गुनासो छ । बुद्ध थामीका छोराछोरी अरुको काम गरेर गाउँमा जीवन चलाईरहेका छन् ।

बुद्धलाई सहयोग गर्न चाहनुहुनेहरुले बुद्ध थामीको सम्पर्क नम्बर ९८४४४६५३२२ मा सम्पर्क गर्न र एन.आई.सी. एसिया बैंकको खाता नम्बर (ल्क्ष्ऋ ब्क्क्ष्ब् द्यब्ल्प् टछछठण्द्धण्ढडटटछद्दद्धण्ज्ञ० मा सक्दो आर्थिक सहयोग गर्नपनि परिवारको अपिल छ । थामी जनयुद्धमा होमिएका बेला उनकी श्रीमती इन्द्र कुमारी थामी तीन महिनाको सुत्केरी अवस्थामा रहेको पनि परिवारजनले स्मरण गराएको छ ।

जारी गरिएको विज्ञप्तीअनुसार उनकी श्रीमती ईन्द्र कुमारी थामी त्यो बेलादेखि नै गलैचा कारखानामा मजदुरी गरेर जीविकापार्जन गर्दै आएकी थिईन् । विज्ञप्तीमा थप भनिएको छ,‘त्यो बेलादेखि नै गरिबी र संघर्षको मारमा पीडादायिक जीवन बिताउदै आएका यो परिवारमा अहिले झनै ठूलो बज्रपात आईपरेको छ । बुद्धको एक छोरा र एक छोरी छिन् । आर्थिक अभावका कारण छोरी पनि सिन्धुलीमै ज्याला मजदुरीको काम गरिरहेकी छिन् । बुद्धको छोरी सुनिता थामी कक्षा७ मै पनि निरन्तर पढ्न सकिरहेकी छैनन् । बुद्धको अवस्था यो भएपछि अब उनको छोराछोरीले पनि माध्यमिक शिक्षा समेत हासिल गर्न नसक्ने निश्चित भएको छ ।’
समाज र देश परिवर्तनको अथाहा सपना बोकेर हिडेका बुद्धथामीले जनयुद्ध ताका सेक्सन सह–कमान्डरको जिम्मेवारी सम्हालेका थिए । उनले ललितपुरस्थित् पम्फा भुसालको निजी निवासमा रहेर सहयोगीको रुपमा केही वर्ष काम पनि गरेका थिए ।

थामी यस्तो अवस्थामा हुँदापनि आज उनको गुनासो सुनिदिने कोही नभएको परिवारजनको गुनासो छ । उनकी श्रीमती ईन्द्रकुमारीले भनिन्,‘अहिले हप्ताको दुई तीन चोटी डाईलाईसिस गराउनुपर्छ, औषधिमूलो गर्नुपर्छ, काठमाडौंमा बस्ने, खाने उपचार गर्ने पैसा छैेन ।’

थामीको परिवारले मुलुकमा दुई तिहाई बहुमतको सरकार रहेको बताउँदै वर्तमान सरकारले बुद्धको ज्यान बचाउनुपर्ने आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ,‘ जनयुद्धको बेलामा बुद्ध थामीको भौतिक रुपमा सक्रियता रह्यो होला तर, बुद्धको परिवारले नै यसको प्रत्यक्षरुपमा नै विभिन्न मारहरु खेप्दै आएको छ । बुद्धसँगै जोडिएको उनको दुई सन्तानको भविष्यका लागि पनि यो सरकारले बुद्धको समस्यालाई सम्बोधन गर्नुपर्दछ । बुद्धको अपिल यही छ ।’

अहिलेसम्मको उपचार खर्च पनि अलिअलि गर्दै संकलन भईरहेको सहयोगको भरमा नै भईरहेको परिवारले जानकारी दियो । फेरि श्रीमतीले भनिन्,‘डाक्टरले औषधि लेखिनिदुहुन्छ, मेडिकलमा किन्न जाँदा पैसा नपुगेर त्यत्तिकै रित्तो हात फर्किने पनि गरेकी छु, श्रीमान ्हिँड्न सक्नुहुन्न, ट्याक्सी पनि महंगो छ, यो अवस्थामा पनि काठमाडौंमा न त कोही कुरुवा छ, न त कोही सहयोगी नै । म आँफैं दिनरात उहाँको उपचारमा खटिरहेकी छु ।’

कार्यक्रममा नेपाल थामी समाजका अध्यक्ष सुखवीर थामीले परिवर्तनका लागि आफ्नो ज्यान बाजी लगाएर हिँडेको योद्धाहरुको अन्त्यपछि सस्तो सम्मान प्रदान गर्नुभन्दा पनि आफ्नै अगाडि निभ्न लागिरहेको बुद्ध थामीजस्ता परिवर्तनको दियोहरुलाई बचाउनुपर्ने धारणा राखे ।

त्यस्तै, कार्यक्रममा बुद्धका आफ्न्त खेम प्रधान र बुद्ध थामी बचाउ अभियानकी संयोजक सविता थामीले पनि उपचारमा सहयोगको लागि आग्रह गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!