गुरुङ चलचित्रमा टीकारामको एकछत्र राज !

SHARE:

टीकाराम घले गुरुङ चलचित्र क्षेत्रमा पछिल्लो समय निकै व्यस्त रहने कलाकारको नाम होे । उनी हाल गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) को लमजुङ जिल्ला शाखा अध्यक्ष समेत हुन् । अभिनयसँगै गुरुङ चलचित्रकर्मीहरुको नेतृत्व समेत सम्हालिरहेका उनले करिब दुई दर्जन गुरुङ चलचित्र र आधा दर्जन नेपाली चलचित्रमा चरित्र अभिनेताको रुपमा अभिनय गरिसकेका छन् ।

चलचित्रको कथामा बगेर सशक्त अभिनय गर्न माहिर तथा स्पष्ट वक्ताका रुपमा उनी गुरुङ समुदायमा परिचित छन् । भारतीय सेनाका बलबहादुर घले र श्रीमती नलुङकाशी घले जागिरको सिलसिलामा भारतको हिमाञ्चल प्रदेशमा रहँदा सन् १९७० मा घले दम्पत्तिको पहिलो सन्तानको रुपमा टीकाराम घलेको जन्म भएको थियो । उद्यपि उनको पुख्र्यौली ठेगाना भने लमजुङ जिल्ला दोर्दी गाँउपालिका वडा नं. ८, खिन्चोक हो ।
सानैदेखि गीत गाउने र अभिनयमा रुची राख्ने घलेले नेपाली लोकदोहोरी क्षेत्रबाट रङ्गमञ्चको यात्रा सुरु गरेका हुन् । वि.सं. २०४९ सालमा “देहेरादुन छाउनी” नामक गीति एल्बममा उनले बजारमा ल्याएका थिए । उनको यो पहिलो एल्बम हो यसमा घलेको आप्mनै शब्द र लय रहेको छ भने कलाकारद्वय इन्दिरा गुरुङ र लक्ष्मी न्यौपाने उनलाई गायनमा साथ दिएका छन् । यसभन्दा बाहेक उनको “लाहुरे जीवन”, “चाइना सिंगापुर”, “तानसेन बजारमा” र “छोरी रैछ भाम” गरी ७ वटा लोकदोहोरी एल्बम बजारमा उपलब्ध छन् । यी सबै एल्बममा घलेको आफ्नै स्वर र शब्द रहेको छ ।

बहुप्रतिभाशाली व्यक्तित्व घलेले धेरै वर्ष शिक्षण पेसामा पनि बिताए । त्यसपछि विस्तारै चलचित्र क्षेत्रमा लागेका उनी सुरुआती समयदेखि अहिलेसम्म गुरुङ चलचित्रमा एकछत्र प्रभाव जमाउन सफल छन् । नेपाली चलचित्रहरु “शब्द”, “टिष्टा पारीको साइनो”, “छिरिङ्ग”, “कान्छा” मा अभिनय गरिसकेका घलेको गुरुङ चलचित्रको यात्रा भने खुसबहादुर गुरुङद्वारा निर्देशित चलचित्र मयुमै नाँस (माइती गाउँ) बाट भएको हो ।

त्यसपछि “यो कस्तो जमाना”, ‘छैलीमुना जिन्दगी’, ‘क्योला कसम’, ‘आच्यो’, “युके सुइटर”, “तिम्रो कसम”, “युम्पो देउराली”, “टुकी” गरी २० वटा भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । दर्जनौं चलचित्रमा अभिनय गरे तापनि उनलाई वेष्ट एक्टरको अवार्ड भने अभियान फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण भएको गुरुङ चलचित्र युम्पो देउराली (ढुङ्गे देउराली) ले दिलाउन सफल भयो ।
वि.सं. २०७२ फागुन १५ गते पोखरामा सम्पन्न भएको प्रथम ऐतिहासिक गुरुङ फिल्म अवार्डमा घलेले वेष्ट एक्टरको अवार्ड प्राप्त गरेका हुन् । गीत, संगीत र अभिनय नै आफ्नो जिन्दगीको मुख्य रुची भएका कारण सो अवार्डबाट सम्मानित हुँदाको पल आफ्नो जीवनकै महत्वपूर्ण खुसी र अविष्मरणीय क्षण बन्न पुगेको उनी बताउँछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!