नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट निकाल्न सकिने नगद रकमको सीमा घटायो, दिनमा ६० हजारमात्र

SHARE:

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट निकाल्न सकिने नगद रकमको सीमा घटाएको छ । चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र बैंकले एटीएमबाट रकम झिक्न कडाइ गरेको हो ।

राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले एक दिनमा ६० हजार रुपैयाँमात्रै झिक्न पाउने व्यवस्था गरिएको बताए । यसअघि एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्था थियो ।

यसैगरी एक पटकमा २५ हजार रुपैयाँसम्म झिक्न पाइनेमा अब २० हजार रुपैयाँमात्रै झिक्न पाइने कार्यकारी निर्देशक मिश्रले बताए । यो व्यवस्था कार्यान्वयनका लागि बिहीबार नै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा परिपत्र गरिसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!