लन्डन । पाँचथर समाज सेवा यूकेद्वारा बर्सेनि आयोजना गर्दै ल्याएको पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ तारिखमा हुने भएको छ ।
मैदान नपाउनेलगायत कारणले प्रतियोगिताको मिति दोस्रो पटक सार्दै जुन ६ तारिखमा पुर्याइएको हो । २९ अप्रिलमा बसेको बैठकले पाँचथर कप ६ जुनलाई सार्ने निर्णय गरिएको खेल संयोजक देउमान लावतीले एभरेष्ट टाईम्सलाई जानकारी दिए । यसअघि मे २ र ९ का लागि उक्त फूटबल प्रतियोगिता तय गरिएको थियो ।
यसपाली मेन टीम, भेट्रेन र सुपर भेट्रेन गरी तीन समूहमा खेलाइनेछ । लन्डनस्थित फेल्थाम खेल मैदानमा सम्पन्न हुनेछ । बैठक अध्यक्ष नगेन्द्र नेम्बाङको अध्यक्षतामा बसेको हो ।






