काठमाडौं । अस्ट्रेलियास्थित तमु समाज सिड्नीमा नयाँ कार्यसमिति चयन भएको छ । गत शनिबार बसेको साधारण सभाले समाजकै पूर्वउपाध्यक्ष रहेका दिनेश गुरुङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा भोज गुरुङ र जीवन गुरुङ चुनिएका छन् । त्यस्तै महासचिवमा अर्जुन गुरुङ, सचिवमा हेउपति गुरुङ, कोषाध्यक्षमा डा. समिता गुरुङ, सांस्कृतिक संयोजकमा भिमशमशेर गुरुङ र महिला संयोजकमा शीला गुरुङ चुनिएको नेपालट्युब डटकमले जनाएको छ । नेपालट्युबका अनुसार निवर्तमान अध्यक्ष टंक गुरुङले नवनिर्वाचित कार्यसमितिलाई खादा लगाएर स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि गुरुङले अग्रज र नयाँ दुवै तप्काका गुरुङहरुलाई एउटै सूत्रमा बाँधेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।






