देवाचन बुद्धिस्ट सेन्टर युकेले २५६२औं बुद्ध जयन्ती मनायो

SHARE:

नारायणसिंह गुरुङ

फेलथम । सदाझैं देवाचन बुद्धिस्ट सेन्टर युकेले पश्चिम लन्डनको फेलथमस्थित फेलथम कम्युनिटी कलेजको एक सभा हलमा भगवान् गौतम बुद्धको २५६२औं जन्मजयन्ती भव्य रुपमा मनाएको छ ।

गत २९ अप्रिल आइतबार आयोजित कार्यक्रम सेन्टरकै अध्यक्ष तथा धर्मगुरु धरम गुरुङ र उनका सहयोगी लामा गुरुले बिहान करिब १० बजे शाक्यमुनी बुद्ध तथा विश्वशान्तिको पूजापाठ गरी शुभारम्भ गरेका थिए । सो कार्यक्रमका संयोजक देवाचन आमा प्रार्थना समूहका सदस्यद्वय बसन्ती गुरुङ र मुना गुरुङ थिए ।

पहिलो चरणको कार्यक्रममा विश्व शान्तिको पूजा गर्नुको साथै विभिन्न शान्तिका सन्देशमूलक प्लेकार्ड, ब्यानर, बुद्धमूर्ति लिएर बुद्ध भजन वाचन गर्दै कम्युनिटी कलेजको कम्पाउन्ड परिक्रमा गरेर ¥याली निकालिएको थियो । त्यसपश्चात् छोटो भोजन विश्राम लिएलगत्तै दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिएको थियो । दोस्रो चरणको औपचारिक कार्यक्रम देवाचन बुद्धिस्ट सेन्टरका महासचिव लक्ष्मी गुरुङले सञ्चालन गरेकी थिइन् ।

आमन्त्रित तथा उपस्थित अतिथिहरुमा हाउन्स्लो क्षेत्रकी सांसद सीमा मल्होत्र, स्थानीय निर्वाचनको लेबर पार्टीको तर्फबाट काउन्सिलर पदको प्रत्यासी उम्मेदवारद्वय विष्णु गुरुङ, हानीफ तथा उनीहरुका साथी, हन्स्लो पे्रmन्डस् अफ फेथका अध्यक्ष चरनजीत अजित सिंह, श्रीलंकन बुद्धिस्ट कम्युनिटी अध्यक्ष शिरलाल दयस, नेपाली पत्रका सिद्धार्थविक्रम क्षेत्री, हिथ्रो नेप्लिज् कम्युनिटीका अध्यक्ष प्रेम गुरुङ, हन्स्लो लेडिज कम्युनिटीकी अध्यक्ष देवी रानी गुरुङ र उनका साथीहरु थिए ।
अतिथिहरुलाई खदा तथा पुष्पगुच्छाले स्वागत गरेपछि आशनग्रहण गराउँदै देवाचन आमा प्रार्थना समूहले बुद्ध प्रार्थना मलम वाचन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए । अतिथिद्वय सीमा मल्होत्र र चरनजीत अजित सिंहले संयुक्त रुपमा पानसमा द्वीप प्रज्वलन गर औपचारिक कार्यक्रम शुभारम्भ गरेका थिए ।

कार्यक्रममा सेन्टरका स्वास्थ तथा सुरक्षा संयोजक सुकबहादुर गुरुङले स्वास्थ तथा सुरक्षा सम्बन्धमा सबैलाई सजग गराएका थिए भने प्रवक्ता नारायण सिंह गुरुङले स्वागत मन्तव्य राख्दै यस वर्षमा आजीवन सदस्यता लिएकाहरुलाई अतिथिद्वयकै हातबाट प्रमाणपत्र हस्तान्तरण गराएका थिए । त्यसपश्चात् अतिथिद्वय सांसद सीमा मल्होत्र र चरनजीत अजित सिंह दुवैजनाले बुद्ध भगवान्को जीवनी र दर्शन सम्बन्धमा प्रकश पार्दै कार्यक्रममा आमन्त्रण गरिएकोमा धन्यवाद ज्ञापन गरे ।

अन्तमा देवाचन बुद्धिस्ट सेन्टरका अध्यक्ष तथा लामागुरु धरम गुरुङले बुद्ध र बुद्ध दर्शन सम्बन्धमा प्रवचन दिँदै अभिशेक दिए । देवाचन आमा प्रार्थना समूहकी अध्यक्ष हस्तमाया गुरुङले कार्यक्रममा उपस्थित भएका सम्पूर्ण अतिथि, सदस्य, भक्तजन, लामागुरु, खाना उपलब्ध गर्ने क्याटरिङ, निःशुल्क खानपानको लागि स्वस्फूर्त अर्थ तथा खाद्य र पेय पदार्थ सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!