चीनका राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणका क्रममा भएको सम्झौता÷समझदारीले नेपाल–चीन सम्बन्ध नयाँउचाइमा पुगेको छ । राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौतारसमझदारी र विकास अभियानका साझेदारीले दुई देशबीचको विकासमा थप टेवा पुग्ने विश्वास बढेको छ ।
उक्त भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौतारसमझदारी भएका हुन् । दुई देशबीच औपचारिक वार्ता सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सीको उपस्थितिमा उक्त सम्झौता र समझदारीहरू भएका थिए ।
नेपाल सरकार र चीन सरकारका उच्च अधिकारीले सोमबार नै हस्ताक्षर गरी ती सम्झौतारसमझदारीपत्र आदानप्रदान गरेका थिए । यस्तै नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल–चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको छ ।
भूपरिवेष्टित होइन, भू–जडितनेपाललाई भूपरिवेष्टित देशबाट भू–जडित देश बन्ने सपना पूरा गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै चिनियाँराष्ट्रपति सी चिनपिङ आइतबार स्वदेश फर्किएका छन् ।
नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति सी नेपालको भविष्यप्रति आशा जगाउने, दुई देशबीचको मित्रता बढाउने र सडक सञ्जाल विस्तारमा केन्द्रित रहेको विश्लेषकहरूले बताएका छन् ।
चीनका राष्ट्रपति सीको नेपाल भ्रमण शानदार रुपमा सफल हुनुले पनि दुई देशको सम्वन्धलाई प्रगाढ बनाउन मद्दत पुगेकै छ । फ्री तिब्बत अभियानकारीहरुबाट सीको भ्रमणका बेला कुनै गतिविधि प्रस्तुत हुने हुन कि भन्ने बढो चिन्ता र चासो थियो । तर, यो चिन्तालाई सुरक्षाकर्मीहरुको सक्रियताले निमिट्यान्न पारिदियो । अझ भन्ने हो भने चिनिया सुरक्षाकर्मीहरुको गुपचुप सक्रियता पनि उत्तिकै घतलाग्दो थियो । त्यसैले पनि यो भ्रमणका बेला हुनसक्ने सम्भाव्य गतिविधि निस्तेज बने ।
नेपाल र चीनबीचको ऐतिहासिक सम्वन्धले थप उचाई लिएको छ । नेपालका दुई महत्वपूर्ण छिमेकीहरु भारत र चीनप्रतिको विश्वास र साथ बराबर नै रहन्छ । त्यसमा कुनै दुइमत हुन सक्दैन । तर, यसका लागि जनअपेक्षित र महशुस गर्न लायक साथले थप उचाई लिने विश्वास गर्न सकिन्छ ।
सीको भ्रमणले नेपाललाई थप सशक्त बनाउन मद्दत मिलेको छ । भूपरिवेष्टितबाट भूजडित मुलुकका रुपमा नेपाललाई अघि बढ्न साथ दिने चीनको प्रतिवद्धता विश्व राजनीतिमा अलट अस्तित्व राखेको प्रतिवद्धता हो । त्यसका लागि पक्कै पनि कुनै न कुनै हिसाबले देश र जनताको हितमा यो फलदायी हुने विश्वास लिन सकिन्छ । समग्रमा सीको नेपाल भ्रमण सरकारको सफलताको पहिलो खुड्किलो हो । सीको यो भ्रमणले पक्कै पनि सरकारको उचाई समेत बढेको स्पष्ट भएको छ ।






