वरिष्ठ साहित्यकार सरुभक्त लण्डनमा 

SHARE:


एटा संवाददाता ।
लण्डन । नेपाली साहित्यका अग्रज वरिष्ठ साहित्यकार सरुभक्त लण्डन आइपुगेका छन् । उनी पोखरेली मञ्च युकेको निमन्त्रणमा बेलायत आएका हुन् । उनी बिहिबार बिहान ८ बजे लण्डनस्थित हिथ्रो टर्मिनल थ्रिमा उत्रेका हुन् । उनको स्वागतका लागि हिथ्रो आयोजक पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, कार्यक्रम संयोजक लाल प्रसाद गुरुङ्ग, सुधा गुरुङ, अ ने सा स का डा. रुपक श्रेष्ठ (साहित्यकार) फोटो पत्रकार मिलन तमु, कोषाध्यक्ष कमल गुरुङ्ग लगायत विमानस्थल पुगेका थिए ।
आउँदो शनिबार ९ नोभेम्बर दिउँसो २ बजे देखि साँझ ५ बजेसम्म पोखरेली मञ्च युकेले आयोजना गरेको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ नामक कार्यक्रमका लागि उनी बेलायत आएका हुन् । उक्त कविता, नाटक लगायतका साहित्य सिर्जना गरिसकेका सरुभक्तले उनका साहित्यिक रचनाहरु बाचन गर्नेछन् । सो अवसरमा उनलाई स्वागत, सम्मान गरिनुका साथै साहित्यिक संवाद समेत गरिने कार्यक्रम रहेको संयोजक लाल प्रसाद गुरुङले जनाएका छन् । निःशुल्क प्रवेश रहेको सो कार्यक्रममा उनको नयाँ उपन्यास प्रतिगन्धको अन्र्तराष्ट्रिय लोकार्पण पनि गर्ने कार्यक्रम रहेको पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी दिए ।
बेलायतका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा बेलायतवासी नेपाली साहित्यमा रुची राख्ने, साहित्यलाई मन पराउने र सरुभक्तका साथीभाइ, गाउँले छिमेकी, सहपाठी लगायतको उपस्थिति रहने आयोजकले जानकारी दिए । एकहप्ता बेलायतमा रहने पोखरेली सरुभक्तले बेलायतका विभिन्न साहित्यक स्थलहरुको समेत भ्रमण गर्ने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!