लन्डन । अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) ग्लोबल समितिले १६ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
इनासको कार्यसमिति बैठकले अध्यक्षले नियुक्त गर्ने ३ जना सल्लाहकारसहित कूल १९ जना सल्लाहकारमध्ये १६ जनाको समिति चयन गरेको हो । संस्थाको विधानको दफा ४(३) बमोजिम सम्बन्धित क्षेत्रका विज्ञमध्येबाट अध्यक्षले ३ जना नियुक्त गर्न मिल्ने व्यवस्था छ ।
हाललाई लुम्बिनी–कपिलवस्तु विश्व अभियानका संयोजक रामकुमार श्रेष्ठ (अस्ट्रेलिया), एनआरएन आइसीसीका पूर्वअध्यक्ष जीवा लामिछाने (जर्मनी) र जर्मनको कोलोन राज्यका लागि अवैतनिक महावाणिज्य दूत एवं एनआरएनका संस्थापक सदस्य रामप्रताप थापालगायत १६ जनालाई ग्लोबल सल्लाहकार समितिमा चयन गरिएको छ ।
यस्तै फणिन्द्र पन्त (नेदरल्यान्डस्), नेपालबाट प्रदीप बन्जन, लक्ष्मण लम्साल र रबिन्द्र खड्का, मित्रलाल पार्दे (पोल्यान्ड), लोकप्रसाद दाहाल (बेल्जियम), विजय मोक्तान (जर्मनी), डिपी मैनली (नेदरल्यान्डस्), कृष्णबहादुर थापा (बेलायत), अमेरिकाबाट ज्ञानेन्द्र गदाल र गोविन्द गिरी ‘प्रेरणा’, डा रुपक अर्याल (अस्ट्रेलिया) र डा दिनेश आचार्य (यूएइ) छन् ।
क्षेत्रीय संयोजकहरुमा सन्तकुमार थापा मगर (युरोप), सुशील चालिसे (ओसियाना), लोकराज अधिकारी (एशिया), आनन्दु थिङ लामा (अमेरिका) ग्लोबल अधिवेशनबाट नै निर्वाचित भएका थिए । पदपूर्ति बाँकी महादेशीय सह–संयोजकहरुमा युरोप क्षेत्रीय सहसंयोजकहरुमा प्रकाश तिवारी (स्पेन) र अर्पण पोखरेल (नेदरल्यान्डस्), एशिया क्षेत्रीय सहसंयोजकहरुमा रुपा ’सरोद’ न्यौपाने (नेपाल) दक्षिण एशिया क्षेत्र र राजेश दर्शन अर्याल (संयुक्त अरब इमिरेटस्) मध्यपूर्व, अमेरिका क्षेत्रीय सहसंयोजकहरुमा डा गोविन्दसिंह रावत (क्यानडा) र बसन्त खड्का (अमेरिका) छन् ।






