गुरुङ सोसाइटी केन्ट यूकेको कौरा–चुडका म्युजिक भिडियो ‘रेशम सुनको जन्तर’ प्रिमियर

SHARE:

लन्डन । गुरुङ सोसाइटी केन्ट यूकेले आफ्नो कौरा–चुडका म्युजिक भिडियो ‘रेशम सुनको जन्तर’ को प्रिमियर गरेको छ ।

समाजको संस्कृति, पहिचान र नयाँ पुस्ताको प्रतिभालाई जोड्ने उद्देश्यले तयार पारिएको भिडियोको प्रिमियर आइतबार, २५ अक्टोबर २०२६ मा बेलायतको केन्टस्थित गोडमरसाम एन्ड क्रन्डेल भिलेज हलमा एक कार्यक्रमबीच गरिएको हो । ‘रेशम सुनको जन्तर’ गुरुङ सोसाइटी केन्ट यूकेको प्रस्तुतिमा तयार भएको हो । यसमा सागर आले मगर र नितु पुनको स्वर रहेको छ भने गीत तथा संगीत नितु पुनको हो । विशाल निरौलाले एरेन्ज गरेको गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रञ्जन राईले गरेका छन् ।

भिडियोको निर्देशन रोशन गुरुङ (हिरो) ले गरेका हुन् । भिडियोमा सोनम गुरुङ, निलु गुरुङ, रोशन गुरुङ र अस्मिता गुरुङले अभिनय गरेका छन् । नयाँ पुस्ताको प्रतिभालाई प्रोत्साहन गर्दै गुरुङ संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भिडियो तयार पारिएको गुरुङ सोसाइटी केन्ट यूकेका अध्यक्ष गोलमान गुरुङले जानकारी दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!