पुन मगर समाज युकेद्वारा बाढीपहिरो पीडितलाई १४ लाखभन्दा बढी सहयोग गर्ने निर्णय

SHARE:

बेलायत – पुन मगर समाज युकेले म्याग्दी, पर्वत र बागलुङका बाढीपहिरो पीडितहरूका लागि १४ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

आइतबार २५ अक्टोबर २०२६ बसेको समाजको जुम बैठकले सो निर्णय गरेको हो। बैठकको निर्णयअनुसार बाढीपहिरोमा परी ज्यान गुमाएका परिवार, विस्थापित तथा पीडितहरूका साथै मृगौला पीडितहरूलाई समेत उक्त राहत रकम वितरण गरिनेछ।

समाजले यसअघि पनि भोटेकोशी बाढीपीडितका लागि १४ लाख रुपैयाँभन्दा बढी रकम नेपाल पुन मगर समाजमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ ।

पुन मगर समाज युकेका अध्यक्ष तुलचन्द्र तिलिजा पुन मगरले अध्यक्षता गरेको बैठकलाई महासचिब धन बहादुर पुर्जा पुन मगरले संचालन गरेका थिए । बैठकमा संस्थाका पदाधिकारी, सल्लाहकार र कार्समितिको उपस्थिति रहेको थियो |

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!