पीपीएलको उपाधि चितवन राइनोजलाई

SHARE:

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ ।

पोखरा क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।

२ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनायो । मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।

४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पहि टिमलाई जित दिलाउन भने सकेनन् । यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६ , पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए ।

चितवनका करन केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए । यस्तै रोहण मुस्तफाले समान १र१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले ।

दुवै ब्याट्सम्यानले समान ५०–५० रन बनाए । यस्तै कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान गरे ।

विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २र२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।

पारस खड्काको कप्तानीमा रहेको चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो । उपविजेता बनेको विराटनगरले रु १० लाख पुरस्कार हात पार्‍यो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!