रेशम चौधरीको रिहाइ माग्दै थरुहट थारुवान मुक्ति मोर्चाद्वारा आन्दोलन घोषणा

SHARE:

काठमाडौँ । कैलाली क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद रेशम चौधरीको मुद्दा फिर्ता माग गर्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मोर्चाले चौधरीलगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग गरेको छ । मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेका समितिहरूले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । मोर्चाले माघ १४ गते प्रधानमन्त्रीलगायत विभिन्न दका नेताहरूलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ मसान्तसम्म प्रदेशदेखि वडा तहसम्म मोर्चाको समितिहरू विस्तार गर्ने, माघ १८ गते पहिचान पक्षधरको बृहत अन्तरक्रिया धनगढीमा गर्ने, २४ गते संयुक्त राष्ट्रसंघ, कुटनीतिक नियोग, मानवअधिकार आयोगमा संघर्षका सम्बन्धमा पत्रबाट जानकारी दिने कार्यक्रम सार्वजनिक गरेका छन्।

त्यसैगरी फागुन १ गते कैलाली र काठमाडौंको माइतिघरमा आमरण अनशन बस्ने, २ गते धनगढी लगायत तराईका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने र मागहरु सुनुवाई नभए तीन दिने बन्द तथा आमहड्ताल घोषणा गर्दै ५ गते समीक्षा गरी अनिश्चितकालीन बन्द घोषणा गर्ने कार्यक्रमहरू मोर्चाले सार्वजनिक गरेको छ। मोर्चाका संयोजक लक्ष्मण थारुले २० दिनभित्र आफ्ना माग पुरा गर्न सरकारलाई आग्रह गरे। थारुको शान्तिपूर्ण आन्दोलन चलिरहेका बेला कसको योजनामा घटना भएको हो भन्ने जानकारी पाउने अधिकार पनि रहेको भन्दै थारुले सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल आयोग र अन्य आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बुले देशमा संघीयता, स्वायत्तता स्थापना गर्न संघर्ष गर्नेलाई सरकारले दमन गर्ने नीति लिएको आरोप लगाए। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुखमा सिफरिस गरेको प्रति संकेत गर्दै राईले अदालतमा ज्यानमुद्दा चलिरहेका व्यक्तिलाई सभामुख बनाउने तर्खर गर्ने तर झुटामुद्दा लगाएर रेशम चौधरीलाइ कसरी जेलमा राखियो भन्दै प्रश्न गरे।

मोर्चाका प्रवक्ता मिनराज चौधरीले थारु गाउँमा छापा मारी थरुहट नेता, अभियन्ता, युवा विद्यार्थी लगायतलाई धरपकड गर्ने र थारु महिलाहरुमाथि दुर्व्यवहार र बलात्कार समेत गरी थारु बस्ती त्रसित बनाउनेहरुलाई कुनै कारबाही नभएको बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!