घलेभन्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा दसैंकै बीचमा एक युवाले आत्महत्या गरेका छन् ।
कात्तिक ५ दिउँसो ३ बजेतिर स्थानीय २८ वर्षीय मनीष कुँवरले घरमा कोही नभएको बेला डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । घटनापछि इलाका प्रहरी कार्यालय पञ्चकन्याको सहयोगमा खरानीटार प्रहरी कार्यालयबाट टोली खटिएको थियो । प्रहरीले मुचुल्का उठाएपछि शव पोस्टमार्टमका लागि काठमाडौं महाराजगन्जस्थित टिचिङ अस्पताल पुर्याइएको थियो ।
मनिषको पोस्टमार्टमपछि शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको आफन्त नमराज कार्कीले जानकारी दिए ।
मनिष परिवारसँगै किसानी काम गर्दै आएका थिए । उनका ९ वर्षीया छोरी र ७ वर्षीय छोरा छन् । मनिषका बालबालिका हजुरबुबा र हजुरआमाको संरक्षणमा छन् ।






