महिला भलिबलमा एपीएफ च्याम्पियन

SHARE:

काठमाडौं । पाँचौँ आरबिबी एनभिए क्लब महिला च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा शुक्रबार भएको फाइनल खेलमा न्यु डायमण्ड क्लबलाई ३–१ सेटले हराउँदै एपीएफ च्याम्पियन बनेको हो । एपीएफले २५–२३, २५–२१, २३–२५ र २५–१८ अङ्कका साथ एपीएफले लगातार दोस्रो वर्ष उपाधि चुमेको हो । जीतसँगै उसले रु दुई लाख पुरस्कार प्राप्त गरेको छ । स्पाइकर प्रतिभा माली चोटील बनेपछि न्यु डायमण्डको अवस्था कमजोर बनेको थियो । घुँडामा चोट लागेपछि प्रतिभालाई उपचारका लागि अस्पताल लैजानु परेको थियो । उपविजेता न्यु डायमण्डले रु एक लाख पुरस्कार पायो । सो स्पर्धामा त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबलाई हराउँदै तेस्रो भयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!