हाम्रो नेपाल, हामी नेपाली अभियान जापानले भन्यो, ‘एउटै नाममा ज्ञानेन्द्र शाहीले अर्को अभियान सुरु गर्नु आश्‍चर्य’

SHARE:

काठमाडौं । चार वर्षदेखि सक्रिय हाम्रो नेपाल हामी नेपाली अभियान (जापान)ले दुरुस्तै नाम राखेर युवा अभियन्ता ज्ञानेन्द्र शाहीले अर्को अभियान चलाउन लागिएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

अभियानका प्रमुख संयोजक धर्मराज अधिकारी र प्रवक्ता श्रीभद्र अधिकारीले बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै ‘हाम्रो नेपाल हामी नेपाली अभियान’को एउटै नाममा शाहीले अर्को अभियान सुरु गर्नु आश्‍चर्य लागेको बताएका छन् । ‘केही दिनयता नेपाली सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा हाम्रो नेपाल हामी नेपाली अभियानको एउटै नाममा श्री ज्ञानेन्द्र शाहीज्युले नयाँ अभियान सुरु गरेको समाचारले हाम्रो ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा लेखिएको छ, ‘उहाँले राष्ट्र र जनताका लागि गर्ने कुनै पनि कामका लागि हाम्रो कुनै आपत्ति छैन । तर हामीले विगत ४ वर्षदेखि सञ्चालन गरिरहेको हाम्रो नेपाल हामी  नेपाली अभियान, जापानसँग दुरुस्त मिल्न गएकोमा हामीलाई आश्चर्य लागेको छ ।’

शाहीले आफ्नो नयाँ अभियान भनेर दाबी गरिएको हाम्रो नेपाल हामी नेपाली अभियानलाई नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलको संयोजकत्वमा फागुन १५ गते औपचारिक घोषणा गर्ने तयारी गरिएको थियो । खरेलले फेब्रुअरी २५ तारिखमा उक्त अभियान आफ्नो संयोजकत्वमा घोषणा गर्ने सूचना सामाजिक सञ्‍जालमा गरे पनि २४ घण्टा नबिती क्षमा माग्दै अभियानबाट बाहिरएको जनाउ दिएका थिए । खरेलको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला लगायत पनि आबद्ध हुने भनिएको थियो ।

खरेल, सिटौलाहरुले साथ छोडपछि शाहीले हाम्रो नेपाल, हामी नेपाली अभियानको संयोजक आफू भएको बताइरहेका छन् । उनी विभिन्न आरोपमा नेपालका लागि नेपाली अभियानबाट करिब तीन महिनाअघि निकालिएका व्यक्ति हुन् ।

अभियान जापानले ज्ञानेन्द्र शाहीका कारण आम जनमानसमा भ्रम र अन्योल सिर्जना हुने भन्दै नाम परिवर्तन गर्न अनुरोध गरेको छ । ‘हामीले यस अभियानलाई विगत ४/४ वर्षदेखि सञ्चालन गर्दै आइरहेको सन्दर्भमा नेपालमा त्यही नाममा अर्को अभियान सुरु हुँदा आमनेपाली जनमानसमा भ्रम र अन्योल सिर्जना हुने भएकोले हामी श्री ज्ञानेन्द्र शाहीज्युलाई यसै प्रेस विज्ञप्तिमार्फत आफ्नो अभियानको नाम परिवर्तन गर्नको लागि विनम्र अनुरोध गर्दछौं ।’

हेर्नुहोस् हाम्रो नेपाल हामी नेपाली अभियान जापानको आधिकारिक फेसबुक पेज

हाम्रो नेपाल हामी नेपाली अभियान (जापान) आफ्नो लक्ष्यमा निरन्तर अघि बढिरहेको बताउँदै यस अभियानको आफ्नै अस्तित्व र पहिचान बनिसकेको विज्ञप्तिमा उल्लेख छ । अभियान जापानले अभियानसँग सम्बद्ध सम्पूर्ण अभियन्ता र आमनेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा कुनै भ्रम र अन्योल नपरी सदाझैं साथ सहयोगको लागि अनुरोध गरेको छ । हामो नेपाल हामी नेपाली अभियान, जापान प्रवासी नेपाली समाजलाई एकताबद्ध पार्ने, आपसी सद्भाव र भाईचाराको भावनाको विकास गर्दै हाम्रो नेपाल र हामी नेपालीको अन्तर्राष्ट्रिय समाजमा उच्च पहिचान र मर्यादाको विकास गर्ने पवित्र विचारले जापानको फुकुओका सहरमा बसोबास गर्ने नेपाली समाजले सन् २०१६ साल अगस्ट ७ तारिखबाट सुरुवात गरिएको सामाजिक अभियान हो ।

हाम्रो नेपाल हामी नेपाली अभियान, जापानको ४ वर्षे कार्यकालमा तीनवटा युवा विद्यार्थीहरुको लागि बृहत् अभिमुखीकरण कार्यक्रमहरु सम्पन्‍न भएको पनि विज्ञप्तिमार्फत स्मरण गराइएको छ । ती कार्यक्रममा नेपालबाट शिक्षाविद् केदारभक्त माथेमा, साझा पार्टीका संयोजक रविन्द्र मिश्र, महानायक राजेश हमाल, एनआरएनका भवन भट्ट, जिज्ञानकुमार थापाको आतिथ्यमा प्रशिक्षण दिनुको साथ साथै जापान सरकारका प्रतिनिधिहरु, जापान प्रहरी प्रशासनका प्रतिनिधिहरु, जापानका प्रख्यात विश्व बिद्यालयका प्रोफेसरहरुको सहभागिता रहेको जनाइएको छ ।

प्रेस विज्ञप्तिको पूर्णपाठ

हाम्रो नेपाल हामी नेपाली अभियान जापानको प्रेस विज्ञप्ति

हामो नेपाल हामी नेपाली अभियान,जापान प्रवासी नेपाली समाजलाई एकताबद्ध पार्ने, आपसी सद्भाव र भाईचाराको भावनाको विकास गर्दै हाम्रो नेपाल र हामी नेपालीको अन्तराष्ट्रिय समाजमा उच्च पहिचान र मर्यादाको विकास गर्ने पवित्र विचारले जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपाली समाजले सन् २०१६ साल अगष्ट ७ तारिखबाट सुरुवात गरिएको सामाजिक अभियान हो । हाम्रो नेपाल हामी नेपाली अभियान,जापान अहिले आफ्नो ४ बर्षको कार्यकालमा चलिरहेको छ । यस अवधिमा तीन वटा युवा विद्यार्थीहरुको लागि बृहद अभिमुखीकरण कार्यक्रमहरु सपन्न भए । जसमा नेपालबाट आदरणीय व्यक्तित्वहरु श्रद्धेय केदार भक्त माथेमा ज्यु , रबिन्द्र मिश्र ज्यु , महानायक राजेश हमाल ज्यु ,भवन भट्ट ज्यु ,जिज्ञान कुमार थापा ज्युको आतिथ्यमा प्रशिक्षण दिनुको साथ साथै जापान सरकारका प्रतिनिधिहरु , जापान प्रहरी प्रशासनका प्रतिनिधिहरु , जापानका प्रख्यात विश्व बिद्यालयका प्रोफेसरहरुबाट नेपाल र नेपालीहरुको विषयमा अत्यन्त उच्च स्तरको अभिव्यक्तिहरु व्यक्त भएको थियो। यस बाहेक यस क्षेत्रमा कार्यरत सबै नेपाली संघसस्था र समाजहरुको बिचमा सहकार्य र सहयोगको वातावरण निर्माण गर्न क्युस्यु समिट, नेपाली समाज एकताको बृहत पारिवारिक BBQ, समाजमा घट्ने विभिन्न कुराहरुमा निरन्तररुप एउटा अभिभावकीय भूमिका निर्वाह गर्दै नेपाली समाजको एउटा साझा चौतारीका रुपमा विकास भईरहेको एउटा सामाजिक अभियानको नाम हो हाम्रो नेपाल हामी नेपाली अभियान जापान।

केहि दिन यता नेपाली संचार मध्यमहरुमा र सामाजिक संजालहरुमा हाम्रो नेपाल हामी नेपाली अभियानको एउटै नाममा श्री ज्ञानेन्द्र शाही ज्युले नयाँ अभियान शुरु गरेको समाचारले हाम्रो ध्यानाकर्षण भएको छ। उहाले राष्ट्र र जनताका लागि गर्ने कुनै पनि कामका लागि हाम्रो कुनै आपत्ति छैन।तर हामीले विगत ४ वर्ष देखि संचालन गरिरहेको हाम्रो नेपाल हामी अभियान ,जापान सँग दुरुस्त मिल्न गएकोमा हामीलाई आश्चर्य लागेको छ । यो केवल संयोग होला जस्तो हामीलाई लागेको छ । हामीले यस अभियानलाई विगत ४/४ वर्ष देखि संचालन गर्दै आइरहेको सन्दर्भमा नेपालमा त्यहि नाममा अर्को अभियान शुरु हुदा आम नेपाली जनमानसमा भ्रम र अन्योल सिर्जना हुने भएकोले हामी श्री ज्ञानेन्द्र शाही ज्यु लाई यसै प्रेस विज्ञप्ति मार्फत आफ्नो अभियानको नाम परिवर्तन गर्नको लागि विनम्र अनुरोध गर्दछौं । हाम्रो अभियान र श्री ज्ञानेन्द्र शाही ज्युले सुरुवात गर्नु भएको अभियानको उदेश्य ,चरित्र, स्वभाव र विचार फरक हुन सक्छ। हाम्रो अभियानको जन्म एउटा छुटै परिवेशमा भएको थियो। हाम्रो अभियान एउटा विशुद्ध सामाजिक अभियान हो । हाम्रो अभियान एउटा नेपाली समाजको साझा चौतारी हो ।चिन्तन र चरित्रका लागि हाम्रो अभियान एउटा संदेश हो। एकता सद्भाव र सहकार्यको लागि उत्प्रेरक हो ।हामी पनि समाजमा विकृति र विसंगतिहरुको बिरुद्धमा नै छौ ।तर हाम्रो रणनीति सकारात्मक चिन्तन, मनन र प्रशिक्षणमा छ। त्यसैले समाजमा जन्म लिने विभिन्न अभियानहरुका आफ्नै विशिष्ट परिवेस र परिस्थितिहरु हुन सक्छन । जनताका नाममा गरिने पवित्र कामहरुमा अन्योल र भ्रमहरु नहुने र आफ्नो काम गर्दा अरुको हक,हित र मर्यादामा असर नपर्ने गरी काम गर्नु हामी सबै सचेत नेपालीहरुको कर्तब्य हो ।यस्तो आधारभूत मान्यतालाई कुनै पनि सामाजिक अभियानको न्युनतम सर्तको रूमा मान्न सकिन्छ । यी नै कुराको प्रत्यभूतीका लागि सामाजिक अभियानको जन्म भएको हुन्छ।

अन्तमा,हाम्रो नेपाल हामी नेपाली अभियान (जापान) आफ्नो लक्ष्यमा निरन्तर अघि बढिरहेको छ । यस अभियानको आफ्नै अस्तित्व र पहिचान बनिसकेको छ। यस अभियान सँग सम्वद्ध सम्पुर्ण अभियन्ता ज्युहरूका साथै आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा कुनै भ्रम र अन्यौल नपरोस र यस अभियानलाई सदा झै साथ सहयोगको लागि हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!